टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरङ्गा– पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्र्व आउँदै गरेको उक्त टिपरले सोही दिशातर्फ आइरहेको बोलेरोलाई ठक्कर दिएको थियो ।ठक्करका कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो । बोलेरोलाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृत अवस्थामा गाडीभित्र फेला परेका थिए ।

दुर्घटनापछि मकवानपुरको थाहा नगरपालिका–८ निवासी २४ वर्षीय टिपर चालक सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । सोही घटनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेका थिए ।

चार सयभन्दा बढी स्थानीयवासीले राजमार्ग अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीले सम्झाएर राजमार्ग खुलाएका थिए । बोलेरोमा अझैं दुई यात्रु रहेको भन्दै खोजी सुरु गरिएको छ । नहरको पानीले उनीहरुलाई बगाएर लगेको आशङ्कामा खोजी गर्न पानी थुनिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : ५२ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री