टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरङ्गा– पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्र्व आउँदै गरेको उक्त टिपरले सोही दिशातर्फ आइरहेको बोलेरोलाई ठक्कर दिएको थियो ।ठक्करका कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो । बोलेरोलाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृत अवस्थामा गाडीभित्र फेला परेका थिए ।

दुर्घटनापछि मकवानपुरको थाहा नगरपालिका–८ निवासी २४ वर्षीय टिपर चालक सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । सोही घटनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेका थिए ।

चार सयभन्दा बढी स्थानीयवासीले राजमार्ग अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीले सम्झाएर राजमार्ग खुलाएका थिए । बोलेरोमा अझैं दुई यात्रु रहेको भन्दै खोजी सुरु गरिएको छ । नहरको पानीले उनीहरुलाई बगाएर लगेको आशङ्कामा खोजी गर्न पानी थुनिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : ५२ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४