मिनिसोले ल्यायो ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर « Khabarhub

मिनिसोले ल्यायो ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरेक वर्षजस्तै यस वर्ष पनि मिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ। कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो।

अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन्। लक्की कुपन प्राप्त ग्राहकमध्येबाट एकजना भाग्यशाली विजेताले हिराको हार प्राप्त गर्नेछन्। उर्जा ज्वेलर्स पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ।

यो अफर नेपाल भर रहेका मिनिसोका सोरुममा लागु हुनेछ। नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यमानी बिजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिए।

‘अफरले मिनिसोप्रति ग्राहकको आकर्षण अझै बढ्ने हामीले विश्वास लिएका छौँ,’ उनले भने। लक्की विजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

‘मिनिसोमा सपिङ गरेका अन्य सयौं ग्राहकले दैनिक रुपमा आकर्षक उपहार प्राप्त गर्नेछन्,’ तण्डुकारले भने। मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउट फिट्र्स, ब्याग्गिट लगायत अन्य ब्राण्डहरु छन्।

कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान मिनिसो शोरुममा उपलब्ध छन्। उच्च स्तरीय जापानीज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसोप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको तण्डुकारले बताए। मिनिसोको शोरुमहरु काठमाडौँ, चितवन, पोखरा, बिराटनगर, बुटवल र मनकामनामा रहेका छन्।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : २२ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था