खोरमै पसेर चितुवाले मार्‍यो २३ बाख्रा | Khabarhub Khabarhub

खोरमै पसेर चितुवाले मार्‍यो २३ बाख्रा


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा खोरभित्रै पसेर चितुवाले २३ वटा बाख्रा मारेको छ ।

गुलरिया नगरपालिका–५, सन्तोषी टोलमा व्यवसायिक रूपमा बाख्रा पालन गरिँदै आएको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसेर २३ वटा बाख्रा मारेको हो । खोर भित्र बाधिएका २३ वटा बाख्रा मार्दा ३ लाख बराबरको क्षति भएको बाख्रा कृषक चन्द्रकान्त पौडेलले बताए ।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा आइतबार राति खोरमा भएका सबै बाख्रा मारेको उनले बताए ।

सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : १५ बजे

Nepatop

पेनाल्टी सुटआउटमा चुक्यो नेपाल, जोर्डनलाई उपाधि

काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि

नेपालविरुद्ध जोर्डनले फर्कायो बराबरी गोल

काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गतको फाइनलमा

वाफ च्याम्पियनसिप फाइनल : पहिलो हाफमा नेपाल १–० ले अगाडी

काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल

रास्वपाका ६ सांसद इलाम जाँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको तयारीका लागि ६

सुनसरीमा दादुरा–रुबेला खोप अभियानको तयारी पूरा

इनरुवा– सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा