बागलुङको घुम्टेमा आज र भोलि विश्वशान्ति पूजा गरिँदै « Khabarhub

बागलुङको घुम्टेमा आज र भोलि विश्वशान्ति पूजा गरिँदै


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आज (बुधबार) र भोलि (बिहीबार) विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।

तीन हजार ११० मिटर उचाइको घुम्टेमा अवस्थित सिद्ध–भैरव मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजापाठ गरिने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए। विश्वशान्तिको कामनासहित केन्द्रले गत वर्षदेखि दसैँ र तिहारबीचको अष्टमीमा पूजाको तिथि बसालेको हो ।

यज्ञ, पूजापाठ, सङ्र्कीतनलगायत धार्मिक अनुष्ठानका लागि सबै तयारी पूरा भएको अध्यक्ष बस्नेतले बताए। लाखबत्ती प्रज्वलन गर्न चाहने भक्तजनका लागि बत्ती र पूजा सामग्रीको प्रबन्ध केन्द्रले नै गर्ने भएको छ । सो वापत सेवा दस्तुर भने भक्तजनले तिर्नुपर्नेछ । तीनसुते बत्तीका लागि रु २० हजार, पाँचसुतेका लागि रु २५ हजार र नौसुतेका लागि रु ३५ हजार दस्तुर निर्धारण गरिएको छ । “पूजा परम्पराले धार्मिक पर्यटक घुम्टे चढ्न आकर्षित हुने विश्वास लिइएको छ”, अध्यक्ष बस्नेतले भने ।

ऐतिहासिक सिद्ध–भैरवको मन्दिर रहेको घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाका अवसरमा विशेष पूजापाठ हुने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्ध–भैरवको दर्शनका लागि हजारौँ दर्शनार्थी सो दिन घुम्टे पुग्छन् । छिमेकी जिल्लाका धार्मिक पर्यटकसमेत घुम्टे चढ्न लालयित हुन्छन् ।

वैशाखे पूर्णिमामा मात्र नभएर अरु याममा पनि धार्मिक पर्यटकलाई घुम्टेमा आकर्षित गर्ने उद्देश्यले विश्वशान्ति पूजाको परम्परा बसालिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । कात्तिक, माघ र साउनमा बली नचल्ने हुँदा ती महिनामा वैदिक विधिपूर्वक पूजा हुने गरेको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने पर्यटकीय लेक घुम्टे प्राकृतिक, धार्मिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

त्यहाँको पर्यटन प्रवद्र्धनका लागि नयाँ वर्षमा गुराँस उत्सवसमेत आयोजना हुँदै आएको छ । रङ्गीचङ्गी गुराँसले वसन्त याममा घुम्टेको सौन्दर्य अझ बढी खुल्छ । घुम्टेबाट मनोरम भू–बनोट, हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ । पदयात्राका सौखिनका लागि पनि घुम्टे उपयुक्त मानिन्छ ।

चारैतिरबाट घुम्टे चढ्न व्यवस्थित पदमार्ग बनेका छन् । गलकोट–५ टेउवासम्म सडकमार्फत पुगेपछि त्यहाँबाट पैदल अढाइ÷तीन घण्टामा घुम्टे पुगिन्छ । वडा नं. ७ मल्म, १० पाण्डवखानीको सिद्धथान र ताराखोला गाउँपालिका हुँदै पनि घुम्टे चढ्न सकिन्छ । गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टलाई जोड्ने सडकमार्ग पनि निर्माणाधीन छ ।

टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्‍याउन चार वर्षअघि काम थालिएको थियो । सडकदेखि अन्य पर्यटकीय पूर्वाधारमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहको लगानी छ । घुम्टेलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न केन्द्रको अगुवाईमा स्थानीयवासी कस्सिएका छन् ।

पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ । घुम्टेको विकास र प्रवद्र्धनमा सरकारी चासो पनि बढ्दो छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ५९ बजे

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का