साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर  « Khabarhub

साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर 


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ ।

नेपाल सरकारले विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्दै जाने घोषित नीति लिएको छ । सोही नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली दूतावासको चान्सरी भवन तथा राजदूत निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रक्रियामा हस्ताक्षर भएको हो ।

जग्गा खरिदसम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्फबाट दूतावासका कार्यवाहक राजदूत दिलिपकुमार पौडेल र साउदी सरकारको तर्फबाट रोयल कमिसन फर रियाद सिटीका प्रमुख कार्यकारी अधिकृत फहद अब्दुल मोहसेन अल-रशीदले हस्ताक्षर गरेका छन् ।

दुई देशका सरकारबीच खरिद-बिक्री सम्झौता भएको उक्त जग्गाको कूल क्षेत्रफल ३ हजार ६ सय ६४ वर्गमिटर रहेको नेपाली दूतावासले जनाएको छ । खरिद गरेको जग्गामा ५ वर्षभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

नेपाल सरकारले खाडी क्षेत्रका मुलुकमध्ये सबैभन्दा पहिला साउदी अरबमा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसअघि नेपाली दूतावास साउदीको पुरानो राजधानी जेद्दामा सन् १९७८ मा खुलेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ५१ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै