प्रधानन्यायाधीश राणाले तोकेको इजलास आज पनि अनिश्चित « Khabarhub

प्रधानन्यायाधीश राणाले तोकेको इजलास आज पनि अनिश्चित


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोकेको इजलास आज पनि बस्न सकेको छैन ।

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै तीन दिनदेखि न्यायाधीशहरूले इजलास बहिस्कार जारी राखेका छन् । यस्तो अवस्थामा प्रधानन्यायाधीश राणाले आज बुधबार पनि ११ इजलास तोकेका थिए।

उनले आज आफ्नै नेतृत्वमा संवैधानिक इजलास पनि तोकेका छन् । संवैधाानिक इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमालसमेतले दायर गरेको रिट निवेदन राखिएको छ । राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित इजलास तोकेका हुन्।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेका छन् । जसमा अदालतको अवहेलना, सम्पत्ति शुद्धिकरण, बन्दी प्रत्यक्षीकरण र कालोबजारीसम्बन्धी मुद्दा रहेका छन् । आफूबाहेक न्यायाधीश टंकबहादुर मोक्तानलाई पनि एकल इजलास तोकिएको छ ।

अन्य न्यायाधीशहरुले इजलास सुरु नगरेर आन्तरिक छलफलमै व्यस्त रहेका बेला प्रधानन्यायाधीश राणाले भने एकल इजलास सुरु गरेका छन्।

यसअघि १४ जना न्यायाधीशले बेन्च बहिष्कार गर्दै प्रधानन्यायाधीशलाई भेटेर मार्ग प्रसस्त गर्न सुझाव दिएका थिए । सर्वोच्चका २० मध्ये १८ न्यायाधीश सशरीर तथा इमेल सन्देशमार्फत प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् ।

अर्कोतिर कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश रहेसम्म मुद्दामा बहस नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‍मा भाग खोजेको, संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लगाएर न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन भनिरहेका छन् । प्रधानन्यायाधीश राणा भने आफूले राजीनामा नदिने अडान लिँदै आएका छन् ।

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ३८ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ