प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै « Khabarhub

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै

प्रधानन्यायाधीश जवरा मुद्दाको सुनुवाइमा


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्।

जवरालाई हिजो सामूहिक भेटी राजीनामा गर्न आग्रह गरेपनि आजलाई पेसी तोकेपनि न्यायाधीशहरु आन्तरिक छलफलमा रहेका कारण कुनैपनि इजरास शुरु हुन सकेको छैन।

सर्वोच्चमा प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीशहरु जबराले राजीनामा नदिएसम्म इजजास सुचारु हुन नसक्ने अडानसहित आन्तरिक छलफलमा जुटेका हुन्।

छलफलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र सहभागी छन्।

बिदामा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपनामल्ल प्रधान, ईश्वर खतिवडाले पनि लिखित रुपमै सामुहिक निर्णयको पक्षमा रहेको जनाएका छन्।

बिदामा रहेका न्यायाधीश नहकुल सुवेदी पनि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमै छन्। राणा सर्वोच्चमा एक्लिए पनि आज आफुसहित पेसी तोकेका हुन।

सर्वोच्च अदालतमा एक्लीएपनि जबराले राजीनामा नगर्ने अडान लिएपछि न्यायाधीशहरुले इजलासमा नबस्दा केहीदिनदेखी सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेको छैन। चार जना पूर्वप्रधानन्यायाधीशहरु, नेपाल बार एशोसिएशन लगायत कानुन क्षेत्रका सबैले प्रधान्यायाधीश राणाले मार्ग प्रशस्त गर्नुपर्ने विज्ञप्तिनै जारी गरेका छन्।

सर्वोच्चका सबै न्यायाधीशहरुले सामुहीक रुपमा जवराले तोकेको पेसी अवज्ञा गरिरहे उनले आजपनि ११ इजलास तोकेका छन् । जबराले आफ्नै नेतृत्वमा संवैधानिक इजलासको समेत पेसी तोकेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १ : १३ बजे

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका