सँधै खलनायक मानिने रावणका राम्रा गुण « Khabarhub

सँधै खलनायक मानिने रावणका राम्रा गुण



हिन्दु धार्मीक शास्त्रहरुमा भगवान श्रीरामले रावणको वध गरेर सत्यको जित गरेको कथा छन् । यी कथाहरुले मानिसलाई सत्यका मार्गमा हिड्न शिक्षा प्रदान गर्दछ । रामको आचरण, व्यवहार र अभुतपूर्व बहादुरीले मानिसलाई सत्यको पथमा रहन प्रेरित गर्दछ । तर भगवान रामको वाहवाही भएका यिनै कथा वा प्रसंगहरुमा लकांपति रावण प्रति भने मानिसले सकारात्मक भावना जगाउन सक्दैनन् । के रावण साच्चै घृणाका पात्र नै थिए त ?

लकां नरेशले शासन गरेको क्षेत्र श्रीलंकाका नागरीकमा रावणका प्रति फरक मत छ । उनीहरु रावणलाई श्रद्धा गर्दछन् । उनिहरु रावणको पुजा त गर्दैनन् तर उनलाई एक शक्तिशाली योद्धा र आर्दश व्यक्तित्व मान्दछन् । श्रीलंकाले आफ्नो एक सेटेलाइटको नाम समेत रावणको नामबाट राखेको थियो ।

श्रीलंकामा सिंहल–बौद्ध धर्मका बहुसंख्यक मानिसको बसोबास छ । उनीहरु लामो समयदेखि वाल्मीकिको रचना महाकाव्य रामायणमा चित्रण गरीएको रावणको चरीत्रलाई असहज मान्दछन् । कतिपय त रावणलाई महान सिंहली राजाको रुपमा पनि मान्दछन् । उनिहरुको विश्वास अनुसार रावण पराजित हुनुमा भाई विभीषणको षड्यन्त्र र राम प्रतिको सहयोग थियो ।

रावणलाई आर्दश मान्नुमा यी हुन् कारण ?
क) शिक्षा र युद्धमा निपुण
रावणका पिता महान ऋषि विश्रवा र माता कैकेसी थीए । ऋषि विश्रवा सप्तर्षि मध्ये एक हुन् । त्यसबेलाको सम्मानित परिवारमा जन्म लिएका कारण रावण शिक्षा र युद्ध दुबै मामलामा अत्यन्त निपुण थिए । रावणका दश सिर थियो । जसलाई ज्ञानको उपहार मानिन्थ्यो । रावणमा हरेक मामलामा विशेषज्ञता हासिल थियो । तर्क–वितर्कमा अघि रहने रावणमा प्रशासनको समेत गहिरो ज्ञान थियो ।

ख) महान वैद्य
पुराणका अनुसार, रावण महान वैद्य थिए । आयुर्वेदमा यस्ता सात पुस्तक छन् जसको रचना आज पनि रावणका नाममा रहेको छ । यसबाट थाहा पाउन सकिन्छ, रावण एक ज्ञानी वैद्य थिए । मान्यता अनुसार रावणले आफ्नो पत्नीको अनुरोधमा साना बालबालिकाको आयुर्वेदिक उपचारमा एक पुस्तक लेखेका थिए । आर्युवेद, चिकित्सा अलावा रावणमा विज्ञानको पनि महारत हासिल थियो ।

ग) प्रविधीको ज्ञान
रावण जस्तै उनको पुष्पक विमानको चर्चा समेत रामायणमा चर्चित छ । पुष्पक विमानमा नै रावणले सीताको हरण गरेको थियो । पौराणिक कथा अनुसार, पुष्पक विमानको अविष्कार स्वयम् रावणले नै गरेका थिए । रावणमा नयाँ नयाँ प्रविधी सिक्ने र दक्षता पाउने क्षमता थियो । उनी आफ्नो बुद्धिको उपयोग गरेर कैयौं सामाग्रीको आविस्कार गर्दथे ।

घ) शिवका परम भक्त
रावण भगवान शिवको अत्यन्त ठुला भक्त हुन् । धार्मीकशास्त्रमा उल्लेख भए अनुसार भगवान शिवको उनी भन्दा परम भक्त अर्को छैन । उनी शिवलाई प्रसन्न पार्न कडा साधना गर्दथे । राक्षस योनीमा भएर पनि रावणको शिव भक्ति अन्यन्त सच्चा थियो । यही कारणले शिव उनीबाट प्रभावित थिए ।

ङ) महान राजाको गुण
श्रीलंकामा रावणलाई आर्दश एवम् महान राजाको रुपमा मानिन्छ । आफ्नी बहिनीको सम्मानमा बदला लिने कोशिशमा उनले रामसंग दुस्मनी गरेका थिए । तथापी व्यक्तिगत बाहिरको जीवनमा रावण एक कुशल राजा थिए । उनले आफ्नो राज्यका कुनै पनि प्रजालाई दुखः दिएनन् । न त बिना कारण कसैलाई उनले प्रताडित गरे । लक्ष्मणद्वारा शूर्पनखाको नाक काटिएपछि बहिनीको बदला लिन रावणले गरेको बहादुरी कार्यका बावजुद उनलाई विश्वले राक्षस र नकारात्मक मानेको श्रीलंकाका नागरीक ठान्दछन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ३३ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार