नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ६ अर्ब माथिको कारोबार « Khabarhub

नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ६ अर्ब माथिको कारोबार


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ ।

१८ दशमलव ६ अंकले बढेर आज नेप्से दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८ दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ५१ दशमलब सात विन्दुमा पुगेको थियो ।

आज ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । यस बैंकको ४३ करोड भन्दाबढीको कारोबार भएको छ ।

आज जीवन बिमा समूहको सूचकमा दुई अंकको सुधार भएको छ भने निर्जीवन बिमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको सूचकमा एक प्रतिशतभन्दा बढीको सुधार भएको छ । आज ओरालो लाग्ने समूहको सूचकमा होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा बेष्ट फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य आठ दशमलव ६८ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेड कन्भर्टिवल प्रिफरेन्सका लगानीकर्ता रहेका छन् । यसको सेयर मूल्य मानइनस पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : ४१ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२