तिहारलाई लक्षित गरी तयार पारिएका मिठाइको गुणस्तरमा लापरबाही ! « Khabarhub

तिहारलाई लक्षित गरी तयार पारिएका मिठाइको गुणस्तरमा लापरबाही !

अयोग्य मिठाइ बनाउनेलाई कारबाही गरिँदै


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बत्तीसपुतलीमा सञ्चालित रामेश्वर मिठाइपसललाई १० हजार जरिवामा गरिएको छ ।

उक्त मिठाइ पसलमा मिठाइ बनाउन बसालिएका ३ वटामध्ये २ वटा कराईको तेल मिठाइ बनाउन अयोग्य थियो ।

टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गरिएको थियो । सञ्चालक भने फाल्न तेल फाल्न राखिएको दावी गरिरहेका थिए । तर कराई चुलामा तातिरहेको अवस्थामा थियो ।

मिठाइ बनाउन प्रयोग गरिने रङ् र मसलाको म्याद सकिएको थियो । फ्रिजमा राखिएका करीव १ दर्जन बोतल कोल्ड ड्रिङ्सको म्याद सकिएको थियो ।

आजै अनुगमनका क्रममा गौशाला चोकस्थित अन्नपूर्ण मिठाइ भण्डारमा प्रयोगका लागि राखिएका चामलमा उपभोग्य अवधि मेटिएको थियो भने म्याद सकिएका बेसनका बोराहरु थिए ।

मिठाइ बनाउन प्रयोग हुने केही रङ्ग, मसला र कोल्ड डिङ्सको म्याद सकिएको थियो । भण्डार सञ्चालकले चामल खरिद विल देखाउन सकेनन् ।

त्यसपछि अनुगमन टोली उनले चामल खरिद गरेको बत्तीसपुतलीस्थित बालाजी ट्रेडर्समा पुगेर चामलको म्याद जाँच गरेको थियो । त्यहाँ भएका बोरामा पनि उत्पादन र उपभोग्य मिति नदेखिएपछि आयातकर्ताले दिएको विलविजकसहित कार्यालयमा उपस्थित हुने गरी छोडिएको छ ।

त्यस्तै मंगलवार पनि महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउसलाई २० हजार रुपैयाँ र ताज वेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

कारवाही गरिएको ताज वेकरीले व्यवसाय सञ्चालनका लागि लिनु पर्ने कुनै पनि दर्ता प्रमाण पत्र देखाउन सकेन ।

बेकरीको डिफ्रिजमा म्याद सकिएका कुल्फी र आइसक्रिम थिए । त्यहाँबाट ६९ वटा आइसक्रिम र १ प्याकेट कुल्फी जफत गरियो । महाराजगञ्ज चोकैमा रहेको प्रिया स्वीटको भान्छा अँध्यारो र फोहोर थियो ।

म्याद सकिएका रङ् र मसलाको प्रयोग भइरहेको थियो । त्यहाँबाट भुजिया, सनपाप्रीलगायत म्याद गुज्रिएका खाद्यबस्तु जफल गरिएको थियो ।

काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले मिठाइजन्य खाद्यबस्तुमा अनुचित व्यापार गरेकाले जरिवाना गराएको हो ।

त्यस्तै अन्य केहीलाई सुधार गर्ने समय दिएको छ ।

मिठाइ बनाउँदा प्रयोग हुने सामाग्रीको प्रयोगमा लापर्वाही गर्नेलाई आर्थिक जरिवाना गराएका छौँ भने सरसफाइमा सुधार गर्नुपर्नेलाई समय दिएको छ ।

निरीक्षण अधिकृत हरिबहादुर भण्डारी भन्छन्, ‘व्यापारीहरुले मिठाइजन्य खाद्य उत्पादनमा व्यवसायिक धर्मको पालना गर्नु पर्ने, सामाजिक दायित्व निर्वाह पर्ने देखिएको छ । कारवाही त समस्याको समाधान होइन तर अनुचित काम गर्नेलाई छोड्न सकिँदैन ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाका अनुसार यो समयमा म्याद सकिएका सामानहरु मिसाएर प्रयोग गर्ने खतरा छ । म्याद सकिन लागेका सामान अफर र सस्तो मूल्यमा विक्री गर्ने गरेको पाइन्छ ।

त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन्, ‘सरकारले यसबेला आफूलाई सशक्त बनाउन सकेन भने अखाद्य बस्तु प्रयोग गरेका कारण भोलि ठूलो स्वास्थ्य संकट आउन सक्छ । मूल्य तिरेर जोखिम किन्नु नपरोस् भन्ने कुरामा सबै एक ठाउँ हुनुपर्छ ।’

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : ४८ बजे

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र