हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो « Khabarhub

हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा विवादका कारण स्थगित नेकपा एमालेको एक वडा अधिवेशन टुंगिएको छ । विवादका कारण स्थगित हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेको वडा अधिवेशन बुधबार सर्वसहमतीमा टुंग्याइएको हो । वडा अधिवेशनबाट प्रदीप राईलाई वडा कमिटी अध्यक्षमा निरन्तरता दिइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।

वडा कमिटीको उपाध्यक्षमा भक्तबहादुर गिरी र वीरबहादुर विष्ट, सचिवमा नारायण कार्की, उपसचिवमा टंक कार्की र गणेश श्रेष्ठ चयन भएका छन् ।

वडा कमिटी अध्यक्षमा प्रदीप र नारायणको दाबी थियो । दुवैले वडा कमिटी अध्यक्षमा आ–आफ्नो दाबी नछाडेपछि वडा अधिवेशन विवादित बनेको थियो । वडा अधिवेशन रोकिए पनि पालिका अधिवेशनमा सहभागी हुने प्रतिनिधि भने चयन गरिएको थियो ।

वडामा प्रदीप र नारायणको पक्षमा कार्यकर्ता विभाजित भएपछि नेतृत्व चयन पेचिलो बनेको थियो । पालिका अधिवेशन टुंग्याइए लगत्तै नारायणलाई ‘ब्याक’ गरेर विवाद हल गरिएको सचिवालय सदस्य राईले बताए ।

२ हजार ४४९ जनालाई जिम्मेवारी

खोटाङका ७९ वडामध्ये ७८ वडाको अधिवेशन ६ देखि ८ कात्तिकको बीचमा सम्पन्न भएको थियो । आसन्न १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाएका छन् ।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित प्रतिवडा ३१ सदस्यीय वडा कमिटी गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : २५ बजे

सोमपालले नेपाललाई दिलाए छैठौँ सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियानअन्तर्गत तीनकुने–गैरीगाउँ क्षेत्रमा पनि डोजर

यूएईले गुमायो पाचौँ विकेट, सोमपालको बलमा अक्षदीप आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

गोरखा– २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता