हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो | Khabarhub Khabarhub

हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा विवादका कारण स्थगित नेकपा एमालेको एक वडा अधिवेशन टुंगिएको छ । विवादका कारण स्थगित हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेको वडा अधिवेशन बुधबार सर्वसहमतीमा टुंग्याइएको हो । वडा अधिवेशनबाट प्रदीप राईलाई वडा कमिटी अध्यक्षमा निरन्तरता दिइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।

वडा कमिटीको उपाध्यक्षमा भक्तबहादुर गिरी र वीरबहादुर विष्ट, सचिवमा नारायण कार्की, उपसचिवमा टंक कार्की र गणेश श्रेष्ठ चयन भएका छन् ।

वडा कमिटी अध्यक्षमा प्रदीप र नारायणको दाबी थियो । दुवैले वडा कमिटी अध्यक्षमा आ–आफ्नो दाबी नछाडेपछि वडा अधिवेशन विवादित बनेको थियो । वडा अधिवेशन रोकिए पनि पालिका अधिवेशनमा सहभागी हुने प्रतिनिधि भने चयन गरिएको थियो ।

वडामा प्रदीप र नारायणको पक्षमा कार्यकर्ता विभाजित भएपछि नेतृत्व चयन पेचिलो बनेको थियो । पालिका अधिवेशन टुंग्याइए लगत्तै नारायणलाई ‘ब्याक’ गरेर विवाद हल गरिएको सचिवालय सदस्य राईले बताए ।

२ हजार ४४९ जनालाई जिम्मेवारी

खोटाङका ७९ वडामध्ये ७८ वडाको अधिवेशन ६ देखि ८ कात्तिकको बीचमा सम्पन्न भएको थियो । आसन्न १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाएका छन् ।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित प्रतिवडा ३१ सदस्यीय वडा कमिटी गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : २५ बजे

अमेरिकामा फेरि टिकटक चल्यो

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेपछि

सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित

सुनसरी– गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि

अलैँची बिक्रीबाट २२ करोड आम्दानी

लमजुङ– लमजुङका किसानले अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी

फरेस्टको तनावग्रस्त जित

काठमाडौं – इङ्लिस प्रिमियरसिप अन्तर्गत आइतबार राति भएको खेलमा साउथहम्टनविरुद्ध

सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह

कुवेत– कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी