बोलीवचन सभ्य बनाउन महानिरीक्षक क्षेत्रीको निर्देशन « Khabarhub

बोलीवचन सभ्य बनाउन महानिरीक्षक क्षेत्रीको निर्देशन


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीलाई बोलीवचन तथा व्यवहार उत्कृष्ट बनाउन निर्देशन दिएका छन् । इलाका प्रहरी कार्यालय (ख) लुक्लाको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले जनभावनाको कदर, प्रविधिमैत्री प्रहरी सेवामा संवेदनशील भएर लाग्न निर्देशन दिएका हुन् ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा विश्वभरिबाट पर्यटक आउने भएकाले उनीहरूको सुरक्षाप्रति सजग बन्नुपर्नेमा जोड दिँदै उनले शान्तिसुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै कार्यरत प्रहरी कर्मचारीमा नयाँ सोच र योजना निर्माण गर्दै प्रभावकारी सेवामा प्रहरी कर्मचारी अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल सरकारको रु दुई करोड ६६ लाख ३३ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको बुधबार एक कार्यक्रमका बीच महानिरीक्षक क्षेत्रीले उद्घाटन गरे । यस्तै बिहीबार इलाका प्रहरी कार्यालय नाम्चेमा निर्माण गरिएको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कबित कटवाल, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही र खुम्बु पासाङल्हामु गाउँपालिका कार्यबाहक अध्यक्ष टासी ल्हामु शेर्पा लगायतको उपस्थिति थियो । सोही कार्यक्रमका अवसरमा निर्माण व्यवसायीद्वय विजय तामाङ र नाम्गेल शेर्पालाई सम्मान गरिएको छ । निर्माणको क्षेत्रबाट पु¥याएको योगदानको कदर गर्दै महानिरीक्षक क्षेत्रीले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : ५४ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित