छोरोको बाटो हेर्दै बिते बाबु, पर्खाइमा छटपटिँदै वृद्ध आमा « Khabarhub

छोरोको बाटो हेर्दै बिते बाबु, पर्खाइमा छटपटिँदै वृद्ध आमा



झापा – झापा कमल–६ सुनापुरकी ७६ वर्षिया श्यामसुन्दरी बस्नेतले कान्छो छोरो अमृतबहादुरको बाटो हेरेको २ दशक भयो । मजदुरी गरेर जीविका चलाउँदै आएको परिवारको कान्छो छोरो रोजगारीका लागि माल्दिभ्स गएका थिए । तर, परिवारको आर्थिक संकट टार्ने सपना बोकेर बिदेश गएका छोरो अहिलेसम्म फर्किएका छैनन् ।

६ छोरा मध्ये अमृत कान्छा थिए । अरू दाजुहरु आ(आफ्नै गुजारा चलाइरहेका छन् । आमा बाबु पाल्ने जिम्मेवारी कान्छाको भागमा थियो । काखे छोरो र बुहारी परिवारको जिम्मा लगाएर उनी बिदेश जाँदा २० वर्षका थिए । त्यस बेला उनका छोरा १० महिनाका थिए । ती छोरा पनि अहिले २० वर्षका भए । तर न छोराले बाबु देखेको छ, न आमाले छोरो नै भेटेकी छन् ।

छोराको बाटो हेर्दा हेदै विते बाबु

अमृतका बुवा मीनबहादुर पनि वृद्ध थिए । आम्दानीको दिगो स्रोत थिएन । कृषि मजदुरी गरेर परिवार धान्दै आएका थिए । अरू छोराहरु आ-आफ्नो गरिखान अलग भएका थिए । भरोसाको एउटै आधार कान्छो छोरा थिए । विदेश गएर पैसा कमाउने र आएर पक्का घर बनाउने सपना थियो ।

‘छोरो गएको ९ महिनापछि काम छोड्यो भन्ने खबर आयो, काम छोडेपछि त घरै आउला नि भन्ने थियो । तर अहिलेसम्म आएन,ु वृद्धा आमा श्यामसुन्दरीले भनिन्, विदेश गएर कमाएर घर बनाउने आमा भन्थ्यो । पैसै नकमाएपछि छोरो आए हुन्थ्यो भन्ने लागेको थियो तर छोरो आउला आउला भन्दा भन्दै बाबु पनि विते, अहिले बुढेसकालमा एक्लै भएको छु ।’

श्रीमान बेपत्ता भएपछि काखे नानी हुर्काउँदै उनकी श्रीमती पनि १४ वर्ष बसिन् । छोरो हुर्काइन् । अनि त्यस पछि अर्कैं बिवाह गरिन् । ‘उमेरकी बुहारीलाई मैले केही भन्नु छैन, नाती हुकाई, १४ वर्षकी बनाई अनि उ पनि बाटो लागि’ आफ्नो झुप्रोमा छोरोको विवाहको फोटो सुम्सुम्याउँदै आमाले भनिन्–‘पहिला छोरो थियो, बेपत्ता भयो । अनि बुहारी थिई मन बुझाउने, त्यो पनि बाटो लागि । श्रीमान थिए साहारा, उनी पनि ५ वर्ष अघि बिते । भएको नाती थियो एउटा, त्यो पनि अहिले काम खोज्दै पहाडतिर पुगेको छ, यो बुढेसकालमा एक्लै हुनु परेको छ ।’

खवर पाउने आश

युट्युव, फेसबुकजस्ता विभिन्न सामाजिक सञ्जालमा वर्षौ हराएका व्यक्ति पनि भेटिएका खवर उनलाई आफन्तले सुनाउने गरेका छन् । यस्ता कुरा सुन्दा उनलाई पनि छोरो भेटिएला कि भन्ने आशा बढाउँछ ।

चाउरी परेको मुहारमा चमक भर्दै उनले आशा व्यक्त गरिन्–‘कि बाघले खानु पर्‍यो, कि डाकाले मार्नु पर्‍यो, कि पहिरोले पुर्नु पर्‍यो नभए त मान्छे पक्कै छ होला भन्ने लागेको छ । यहाँ मेरो हालत यस्तो छ भन्ने कतैबाट थाह पायो भने त पक्कै आउँछनै भन्ने लाग्छ । मान्छे आँफै आउन नपाए–नसके खवर त पठाउला नि ।’

वर्षौभयो, उनी राति अबेरसम्म घर बाहिरै टोलाउँछिन, कुनै नौलो मान्छो आयो भने छोरो पो आयो कि भन्ने लाग्छ । छोरो नआए खवर पो आयोकी भन्ने लाग्छ ।

उनले भनिन्–‘उसका बाबुले पनि सास नगइन्जेल छोराको बाटो हेरिरहे, अब त कान्छो आए मेरो चाँहि सजिलो गरि सास जान्थ्यो भन्ने लागेको छ, लौन खोजी गर्न सहयोग गरि दिनु पर्‍यो ।’

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ०० बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को