चिकेन अइष्ट सस् बनाउने तरिका | Khabarhub Khabarhub

चिकेन अइष्ट सस् बनाउने तरिका


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो एकदम स्वादिष्ट र स्वास्थ्यदायक व्यञ्जन हो । बनाउन पनि धेरै समय नलाग्ने भोज (पार्टी) र घरमा नै बनाई खान सकिने यो परिकार बनाउने सामान र विधि यस प्रकार छ ।

आवश्यक सामग्री :  

सानो पिसमा काटेको बोनलेस चिकेन १ किलो, ४ चम्चा ब्ल्याक विनसस्, २ चम्चा अइष्टसस्, चिल्लीसस् २ चम्चा, १-१ चम्चा अदुवा लसुनको पेष्ट, २ चम्चा भेनेगर, १ चम्चा सोयासस्, चियाचम्चाको १ चौथाई मरिचको धुलो, १ अण्डा, कर्नफ्लोर वा मैदा २०० ग्राम, ल्वाङ पाउडर चिया चम्चाको एक चौथाई, नुन, अजिनोमोटो इच्छाअनुसार, तेल १०० ग्राम ।

बनाउने तरिका :  

चिकेनलाई मैदा वा कर्नफ्लोर, अण्डा, सोयासस्, भेनेगर, अदुवा, लसुन, नुन, अजिनो मोटो राखी राम्रोसँग मोलेर कम्तीमा १-२ घण्टा छोपेर राख्नु र तेल तताई धेरै कडा नगरी फ्राई गर्नु र वटर तताई पुनः  चिकेनलाई वटरमा राख्नु र सबै ससहरू राखी २-३ मिनेट चलाउनु र निकाल्नु । अब खानलाई तयार भयो ।

साभार :  ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ०९ बजे

नेशनल लाइफले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ

भोजपुरमा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम

भोजपुर– पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम

प्रि ओपन सेसन : करिब एक अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब

घुम्टोमा वीरगञ्जको घण्टाघर : छिटो मर्मतसम्भार गर्न माग

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

मुस्ताङ– म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा