लालबहादुर शास्त्रीले गरेको त्यो उचित सहायता | Khabarhub Khabarhub

लालबहादुर शास्त्रीले गरेको त्यो उचित सहायता


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लालबहादुर शास्त्री त्यो बेलामा रेल विभागका मन्त्री थिए । एक पटक सरदार नगरका गाउँ नजिकै केही मानिसले उनको गाडी रोकाए र भने- एउटी गरिब किसान स्त्रीको प्रसूतिको समय नजिक आइरहेको छ । यदि उनलाई छिट्टै नजिकैको सहर सरदारनगर पुर्‍याइदिए राम्रो हुनेथ्यो ।

शास्त्रीका क सहयोगी, जो उत्तर प्रदेशका एक मन्त्री थिए, उनले शास्त्रीको गाडी यो कामको लागि रोकाएकोमा विरोध गरे ।

तब शास्त्री तुरुन्त गाडीबाट ओर्लिए र उनीहरुलाई भन्न थाले, ती बहिनीलाई लिएर आउनुस्, म आफ्नो गाडीबाट सहर पुर्‍याइदिनेछु ।

यो कुरा सुनेर उनको साथी मन्त्रीले पुनः  भने, सम्मेलनमा पुग्न ढिलो भइसक्यो तपाईँ पनि ।

उनको कुरा बीचैमा काट्दै शास्त्रीले भने, समयभन्दा धेरै मूल्य मानिसको हुन्छ । यदि म सम्मेलनमा उपस्थित नभए पनि के बिग्रन्छ र ?
यस प्रकार ती किसान महिलालाई समयमा उचित सहायता मिल्यो ।

साभार  :  ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : १७ बजे

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद