महोत्तरीमा कांग्रेस अधिवेशन : विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै « Khabarhub

महोत्तरीमा कांग्रेस अधिवेशन : विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा टुंगिन नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन हुने भएको छ । आकांक्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको हो ।

क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा टुंगिएको छ भने क्षेत्र नम्बर २ मा सहमति भइसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ । क्षेत्र नम्बर ३ मा भने अझै विवाद कायम नै छ । मनरासिस्वा नगरपालिका-८ मा पनि आजै मतदान हुँदै छ । वडा अधिवेशन सकिएपछि मात्र क्षेत्र नम्बर ३ मा चुनाव हुने नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

क्षेत्र नम्बर ३ मा विवादका कारण अझै प्रदेश प्रतिनिधि चयन हुन सकेको छैन । पालिका, क्षेत्रीय र प्रदेश प्रतिनिधि चयन गर्ने प्रक्रिया सकिएपछि मात्र जिल्ला अधिवेशनको तयारी गर्ने सभापति यादवको भनाइ छ ।

लामो विवादकै कारण अझै बल्वा नगरपालिकामा अधिवेशन हुन सकेको छैन । बल्वा नगरपालिकाको विवादलाई आजै सावधान गरी निष्कर्षमा पुर्‍याइने नेपाली कांग्रेसको तयारी छ । बल्वा नगरपालिकाको नगर अधिवेशन र मनरासिस्वा नगरपालिका-८ को अधिवेशन सम्पन्न भएपछि महोत्तरीमा नेपाली कांग्रेसको वडा र नगर अधिवेशन सम्पन्न हुने छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : २४ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन