महोत्तरीमा कांग्रेस अधिवेशन : विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै | Khabarhub Khabarhub

महोत्तरीमा कांग्रेस अधिवेशन : विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा टुंगिन नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन हुने भएको छ । आकांक्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको हो ।

क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा टुंगिएको छ भने क्षेत्र नम्बर २ मा सहमति भइसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ । क्षेत्र नम्बर ३ मा भने अझै विवाद कायम नै छ । मनरासिस्वा नगरपालिका-८ मा पनि आजै मतदान हुँदै छ । वडा अधिवेशन सकिएपछि मात्र क्षेत्र नम्बर ३ मा चुनाव हुने नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

क्षेत्र नम्बर ३ मा विवादका कारण अझै प्रदेश प्रतिनिधि चयन हुन सकेको छैन । पालिका, क्षेत्रीय र प्रदेश प्रतिनिधि चयन गर्ने प्रक्रिया सकिएपछि मात्र जिल्ला अधिवेशनको तयारी गर्ने सभापति यादवको भनाइ छ ।

लामो विवादकै कारण अझै बल्वा नगरपालिकामा अधिवेशन हुन सकेको छैन । बल्वा नगरपालिकाको विवादलाई आजै सावधान गरी निष्कर्षमा पुर्‍याइने नेपाली कांग्रेसको तयारी छ । बल्वा नगरपालिकाको नगर अधिवेशन र मनरासिस्वा नगरपालिका-८ को अधिवेशन सम्पन्न भएपछि महोत्तरीमा नेपाली कांग्रेसको वडा र नगर अधिवेशन सम्पन्न हुने छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : २४ बजे

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व