अभिषेक भन्छन्– ‘रिफ्युजी’बाट ‘डेब्यू’ गर्नु गल्ती भयाे « Khabarhub

अभिषेक भन्छन्– ‘रिफ्युजी’बाट ‘डेब्यू’ गर्नु गल्ती भयाे


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो अभिनयको बलमा फिल्म जगतमा फरक पहिचान बनाएका छन् । हालैमात्र उनी फिल्म ‘बिग बुल’मा देखिएका थिए । यो फिल्म दर्शकले मनपराए र उनको अभिनयको तारिफ गरे । अभिषेकले सन् २००० मा रिलिज फिल्म ‘रिफ्युजी’बाट बलिउडमा पाइला चालेका थिए । फिल्ममा उनको अपोजिटमा करीना कपूर थिइन् ।

अभिषेकले एक शोमा कुराकानी गर्दै ‘रिफ्युजी’बाट फिल्ममा डेब्यू गर्दा आफूले ‘गल्ती’ गरेको खुलासा गरेका छन् । ‘आम रुपमा मलाई कुनै पछुतो छैन । तर मैले आफूलाई तयार नभएको अवस्थामा ‘रिफ्युजी’बाट डेब्यू गर्नु गल्ती भयाे । त्यसमा मलाई पछुतो छ । त्यो समयमा म दिग्गज जेपी दत्तासँग काम गर्नका लागि तयारी अवस्थामा थिइनँ’, उनले भनेका छन् ।

उनले पहिलो फिल्ममा कोही सम्मानित निर्देशकसँग काम गर्नु आफ्ना लागि हरेक चुनौती र सम्मानका लागि तयार हुन आवश्यक रहेको जनाएका छन् । उनले पहिलो फिल्ममा अधिक तयारी गर्न सकेको भए अझ राम्रो काम गर्न सक्नेमा आफू विश्वस्त रहेको दाबी गरेका छन् ।

‘मलाई लाग्छ कि मेरो सुरुवाती तयारी निकै अस्थीर थियो । तर यो फिल्मले मलाई तयार हुनका लागि धेरै सहयोग गरेको थियो । हरेक कलाकारका लागि पुरस्कारको महत्व धेरै हुन्छ । तर पुरस्कार नपाउनेका लागि यसको महत्व ठुलो हुँदैन’, अभिषेकले भनेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै