कांग्रेस खोटाङ उपसभापतिमा इवन राईले पाए ‘पपुलर’ मत « Khabarhub

कांग्रेस खोटाङ उपसभापतिमा इवन राईले पाए ‘पपुलर’ मत


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ-नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर रहेका राई कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट पपुलर मत सहित उपसभापतिमा निर्वाचित भएका हुन् ।

एकै प्यानलमा सभापतिमा विष्णुकुमार राईले ६ सय ६९ मत ल्याउँदा इवनले सात सय ५३ मत पाए ।

‘तपाईको विश्वास र विचारले सिञ्चित एक-एक मत मेरो लागि कठिनभन्दा कठिन यात्राको लागि ऊर्जा हुनेछ ! पार्टीप्रति थप जिम्मेवार र क्रियाशील रहँदै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास दिलाउन चाहन्छु,’ नवनिर्वाचित उपसभापति राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समाज र पार्टी बदल्ने महान अभियानमा तपाईको सहयात्राको अपेक्षा गर्दछु ।’

हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका राईले राजनीति सुरु २०६० सालदेखि पार्टी राजनीति थालेका हुन् । २०६७ मा जिल्ला कार्य समिति सदस्य, संगठन विभाग प्रमुख हुँदै २०७२ मा क्षेत्रीय सभापति निर्वाचित भएका थिए ।

फिल्डमा बसेर नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा बस्न सकेकै परिणाम आफूलाई लोकप्रीय मत प्राप्त भएको नवनिर्वाचित उपसभापति राईले बताउँछन् ।

‘फिल्डमा बसेर काम गरियो । पार्टीभित्रको मतभेद र अन्तर्द्वन्द्व व्यवस्थापन गर्दै पार्टीलाई एकाकार पार्नमा भूमिका रह्यो । घात-अन्तर्घातको समस्याले अलग-अलग भएका नेतालाई एक ठाउँमा ल्याउन भूमीका निर्वाह गरेँ,’ राईले भने, ‘युवा परिवर्तन चाहन्छ । नवीन सोच र बिचार भएको नेतृत्वको उपस्थिति चाहन्छन् । पुरानो पुस्ता र नयाँ पुस्तालाई मिलाएर लैजान भूमिका खेलेका कारण पनि नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा बस्न सफल भएँ भन्ने लाग्छ ।’

राईकै प्यानलका अर्का उपसभापति तीर्थराज भट्टराई दोस्राे र सचिव समिर राईले तेस्रो पपुलर मत पाएका छन् । यस्तै, संघीय महाधिवेशन प्रतिनिधिमा इच्छुराम राना सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । रानाले ६ सय ४४ मत पाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : ५९ बजे

कुलमान भन्छन् : हर्क र सुदनसँग तत्काल एकता सम्भव छैन

काठमाडौं- कुलमान घिसिङ अहिले आफ्नो उज्यालो नेपाल पार्टीको संगठन विस्तारमा

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी