फिल्ममा यौन दृश्य– हेर्दा रमाइलो, खिच्न कठिन « Khabarhub

फिल्ममा यौन दृश्य– हेर्दा रमाइलो, खिच्न कठिन


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– एउटा फिल्ममा त्यसको कथा अनुसार कैयौं यौन दृश्य हुन्छन् । कथाअनुसार ती दृश्यलाई वास्तविक सरह देखाउन निर्माताले पूर्ण रुपमा प्रयास गर्छन् । तर यी दृश्यलाई पर्दामा देखाउन जति सजिलो छ, त्यसको छायांकन गर्न उत्तिकै नै कठिन छ ।

कोरियोग्राफरले गर्छन् सहयोग
एक अन्तरंग दृश्य अर्थात् यौन दृश्यलाई दमदार र राम्रो बनाउन निकै मेहनत गर्नुपर्छ । न्यूयोर्ककी कोरियोग्राफर ट्रिसिया ब्रोक यस्ता दृश्यलाई कोरियोग्राफ गर्न खप्पिस छिन् । कलाकारलाई यौन दृश्यमा अभिनय गराउनुअघि उनी आफ्नो पार्टनरसँग यौन दृश्य कसरी गर्ने भनेर अभिनय गरेर देखाउछिन् । त्यसपछि उनी कलाकारलाई सिकाउछिन् । उनको बुझाईमा यसो गर्नाले कोही पनि कलाकारले आफूलाई असुरक्षित महशुस गर्न सक्दैनन् ।

हलिउडमा इन्टिमेसी कोरियोग्राफर पनि हुन्छन् । उनीहरुको काम नै यौन दृश्यको कोरियोग्राफी गर्नु हो । यसलाई कुनै डान्स नम्बर या स्टन्ट दृश्य सरह नै खिचिन्छ । धेरै कलाकारलाई नग्न दृश्य दिन कुनै आपत्ति हुँदैन । तर केही यस्ता पनि छन्, जो असहज महशुस गर्छन् । यस्ता अभिनेताका लागि कक सक र स्नेच पेच जस्ता सामाग्रीको प्रयोग गरिन्छ । एक पुरुष अभिनेता ककसकको प्रयोगले आफ्नो गोप्य अंगलाई लुकाउछन् ।

पिरियड्समा पनि सुटिङ
फिल्ममा यौ दृश्यको समयमा महिलाहरुलाई लेण्डिङ स्ट्रिप जस्ता सामाग्री लगाउन दिइन्छ । यसलाई डपल टेप अथवा बिकिनी बाइटले लुकाउने गरिन्छ । अनसेट कष्ट्युम डिजाइनर सारा बास्टाका अनुसार अभिनेत्रीहरुलाई पिरियडको समयमा पनि यौन दृश्य सुट गर्नुपर्ने बाध्यता हुन्छ ।

लामो सुटमा बडी डबल
सुटिङ लामो समयसम्म चलिरह्यो भने कलाकारलाई यौन दृश्यमा बडी डबलको समेत प्रयोग गरिन्छ । एक कलाकारलाई एक हलिउडको हंकको लागि उनको आउने टेलिभिजन सिरिजमा यौन दृश्य सुटका लागि बोलाइएको थियो । ‘मलाई धेरै नै कामसूत्रको पोजिसन दिनुपर्यो । सुटिङ पाँचदेखि ६ घण्टासम्म चलेको थियो । अन्तिमसम्ममा मेरो दुबै खुट्टाको घुँडामा घाउ भएको थियो । मेरो घुँडामा कैयौं दिनसम्म प्लास्टर लगाइएको थियो’, उनले भनेका छन् ।

इरेक्सन हुन र नहुन सक्छ
बडी डबलको बारेमा कुराकानी गर्ने कलाकारले इरेक्सनको बारेमा पनि बताएका थिए । उनका अनुसार यौन दृश्य दिनु अघि आफ्नो पार्टनरसँग कुराकानी हुन्छ । ‘म उसलाई यदि यस्तो भयो भने मलाई माफ गरिदिनु भन्छु । भएन भने पनि मलाई माफ गरिदिनु भन्छु । यदी मलाई अचानक इरेक्सन भयो भने पनि म अभिनयको हदभन्दा अगाडि बढिसकेको छु भनेर सोचेर डराउदिनँ । यदि यस्तो भएन भने मलाई अस्वीकार्य अनुभव हुँदैन । यस्तो अवस्थामा तपाईंले कुनै असहजत महशुस हुँदैन’, उनले भनेका छन् ।

नक्कली हुन्छ प्यूबिक कपाल
मेर्किन्स नामको प्राइभेट पार्ट कवरको प्रयोग हलिउडमा बढ्दो छ । मेकअप आर्टिस्ट शार्प मेर्किन्सलाई ‘पुसी विग्स’का रुपमा सम्बोधन गर्छिन् । उनले कैयौं अभिनेत्रीलाई नक्कली प्यूबिक कपाल लगाइदिएकी छन् । उनी आफ्नो उद्देश्य अभिनेत्रीलाई सहज महशुस गराउनुका साथै कामूक देखाउनु रहेको बताउछिन् ।

‘कट’ भनेपछि नाङ्गै घुम्दैनन् कलाकार
एक दृश्य सुट भइरहँदा कलाकारलाई नग्न हुनु आवश्यक छ । तर कष्ट्युम या अन्य डिपार्टमेन्टका कोही व्यक्ति बाथरोब र स्लिपर लिएर दृश्यपछि कलाकारलाई छोप्नका लागि तयार भएर बसेका हुन्छन् । यौन दृश्य खिच्नासाथ उसलाई बाथरोबले छोपिन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १ : २६ बजे

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती