कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रधान « Khabarhub

कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रधान


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

नेता प्रधानले शनिबार दिउँसो ३ बजे रत्नपार्कको शान्तिबाटिकामा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुँदैछ । सोही प्रयोजनका लागि प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

काठमाडौं कांग्रेसका पूर्वसभापतिसमेत रहेका प्रधान नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । पछिल्लो समय प्रधानको निकटता कांग्रेस सभापति शेरबहादुर देउवासँग बढेको छ ।

कांग्रेस नेता इन्द्रबहादुर बानियाँले पनि बागमती प्रदेशको सभापतिमा उठ्ने बताएका छन् । उनी मकवानपुर कांग्रेसका सभापतिसमेत हुन् । हाल उनी कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता पनि छन् ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  २ : ५३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार