कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रधान | Khabarhub Khabarhub

कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्दै प्रधान


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

नेता प्रधानले शनिबार दिउँसो ३ बजे रत्नपार्कको शान्तिबाटिकामा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुँदैछ । सोही प्रयोजनका लागि प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

काठमाडौं कांग्रेसका पूर्वसभापतिसमेत रहेका प्रधान नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । पछिल्लो समय प्रधानको निकटता कांग्रेस सभापति शेरबहादुर देउवासँग बढेको छ ।

कांग्रेस नेता इन्द्रबहादुर बानियाँले पनि बागमती प्रदेशको सभापतिमा उठ्ने बताएका छन् । उनी मकवानपुर कांग्रेसका सभापतिसमेत हुन् । हाल उनी कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता पनि छन् ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  २ : ५३ बजे

तस्बिरहरूमा हेर्नुस् जनकपुर भर्सेस काठमाडौं

काठमाडौं- नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं

एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साबिक विजेता जनकपुर पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा

काठमाडौंले गुमायो लगालग विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा जनकपुर

दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउन मन्त्री घिसिङको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको

अब निगमको जहाज डाइभर्ट हुँदा भारत नलाने, भैरहवामा अवतरण गर्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाज त्रिभुवन