पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव बन्दसत्रबाट पारित « Khabarhub

पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव बन्दसत्रबाट पारित


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गत महिना भएको एमालेको विधान महाधिवेशनले पारित गरेको विधान संशोधन हुने भएको छ । चितवनमा जारी १० औँ महाधिवेशनको बन्दसत्रले। केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव पारित गरेसँगै विधान संशोधन हुने भएको हो।
नयाँ व्यवस्था अनुसार अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । जसमा १९ जना पदाधिकारीहरु रहनेछन् ।

शुक्रबार राति बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको थियो । विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको थियो । त्यसमा अब ७६ जना थप्ने निर्णय भएको हो ।

यस्तै, पदाधिकारी संख्या १५ बाट १९ पुर्‍याइएको छ । उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थपिने भएको हो । यस्तै बन्दसत्रले ९९ सदस्यीय पोलिटब्यूरोको प्रस्ताव पनि पारित गरेको छ ।

नेताहरुको व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो । सर्वसम्मत बनाउने चर्चा चले पनि भीम रावलले अध्यक्षमा र अरु नेताहरुले विधिन्न पदमा उम्मेदवारी घोषणा गरेर मत मागिरहेका छन् ।

शनिबार निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भनिए पनि शनिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरिएन ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ०५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते