कांग्रेस नुवाकोटको सभापतिमा महत विजयी « Khabarhub

कांग्रेस नुवाकोटको सभापतिमा महत विजयी


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्वाकोट– नेपाली कांग्रेसको नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन् । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ ।

सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे ।

उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् । शुक्रबार भएको मतदानको शनिबार परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ ।

सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुन् भने उनका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुन् । केन्द्रमा अर्जुननरसिंह केसी र रामशरण महत एउटै पौडेल समूहमा छन् भने रामशरणका भाई प्रकाशशरण देउवा समूहमा छन् । तर जिल्लामा भने महत दाजुभाई मिलेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : ०४ बजे

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग