सर्लाहीका नौ पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न « Khabarhub

सर्लाहीका नौ पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेकपा माओवादी केन्द्रको देशभर एकै साथ सुरु भएको अधिवेशनअन्तर्गत सर्लाहीमा नौ पालिका कमिटी गठन भएको छ ।

शनिवार जिल्लामा २० वटा पालिका मध्य १५ वटा पालिकामा अधिवेशन सुरु भएको थियो । त्यस मध्य नौ पालिकामा स्वसहमतिमा कमिटी गठन भएको माओवादी केन्द्र सर्लाहीले जनाएको हो । पाँच वटामा अधिवेशन हुन सकेन भने, ६ वटामा सर्वसहमति हुन नसकेपछि उद्घाटन सत्र सुरु गरेर अधिवेशन स्थगित गरिएको छ । शनिबार गठन हुन नसकेका पालिकामा छिटै स्वसहमतिमा कमिटी गठन गरिने माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुढाथोकीले जानकारी दिए ।

जिल्ला संयोजक बुढाथोकीका अनुसार प्रत्येक नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्य पालिका कमिटी गठन गरिएको छ । बागमती नगरपालिकामा चित्र कुमार तुम्सिङ, हरिवन नगरपालिकामा अर्जुन पन्त, लालबन्दी नगरपालिकामा लेखराम जर्गा (अर्जुन), हरिपुर नगरपालिकामा सुनिल बुढाथोकी, कविलासी नगरपालिका विनय यादव, बलरा नगरपालिकामा राम बाबु दाश, विष्णु गाउँपालिकामा सुरेन्द्र राय, चक्रघट्ट गाउँ पालिकामा विक्रम राय यादव र बसबरिया गाउँपालिकामा राम विश्वास रायको अध्यक्षतामा कमिटी गठन भएको हो ।

यस्तै जिल्लामा चन्द्रनगर, ईश्वरपुर, बरहथवा, हरिपुर्वा लगायत पालिकामा उद्घाटन सत्र सुरु भएर अधिवेशन स्थगित भएको छ । भने, पर्सा गाउँपालिका, धन्कौल गाउँपालिका, रामनगर गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र मलंगवा नगरपालिकामा अधिवेशन नै हुन सकेको छैन । अधिवेशन सुरु हुन नसकेका पालिकाहरूमा समेत छलफल गर्ने र कमिटी गठनको प्रक्रिया अगाडि बढाइएको केन्द्रले जनाएको हो । केन्द्र पालिकाहरूमा भने यस पहिला नै वडा कमिटीहरू गठन गरिसकेको जनाएको छ ।

केन्द्रको हरिवन नगर कमिटीको उपाध्यक्षमा पद्मा मोक्तान, जमुना पौडेल, जयमान पाख्रिन सचिवमा गौरी महतो, सह–सचिव विवेक मैनाली र कोषाध्यक्षमा जगदेव महतो चयन भएका छन् । अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : २४ बजे

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने

काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय

काठमाडौं– शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरवका ऐतिहासिक मुकुन्डो (तस्बिरहरू)

काठमाडौं– करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका

अवरुद्ध सडक तुरुन्तै खुलाउने व्यवस्था गरेका छाैँ : गृहमन्त्री

काठमाडौं– सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा

झारफुकमा अल्झिँदा ज्यान जोखिममा : सर्पदंशमा उपचार ढिलाइ अझै चुनौती

काठमाडौं- नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्न