ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी « Khabarhub

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप युरोपेली सङ्घ (ईयू) र क्यानाडाले कृत्रिम बौद्धिकता (एआई), ऊर्जा, महत्त्वपूर्ण खनिज, रक्षा तथा व्यापारलगायत रणनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्ने तयारी गरेका छन्।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार युरोपेली संसद्मा वार्षिक सम्बोधनका क्रममा क्यानाडासँगको सम्बन्ध थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राख्ने कार्यक्रम छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी विशेष अतिथिका रूपमा सम्बोधनमा सहभागी हुनुहुनेछ। इयुको यस्तो वार्षिक सम्बोधनमा सहभागी हुने उनी पहिलो विदेशी सरकार प्रमुख हुन्।

आगामी महिना क्यानाडाको मोन्ट्रियलमा आयोजना हुने इयु–क्यानाडा शिखर सम्मेलनअघि दुई पक्षबीचको सहकार्यलाई थप गति दिने उद्देश्यले कार्नीको भ्रमण हुन लागेको हो।

इयुका लागि क्यानाडाका राजदूत जोनाथन विल्किन्सनले ऊर्जा, कृत्रिम बौद्धिकता र महत्त्वपूर्ण खनिजजस्ता रणनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन्। उनका अनुसार इयु र क्यानाडाबीचको सम्बन्ध परम्परागत स्वतन्त्र व्यापारभन्दा पर विस्तार गर्दै थप गहिरो साझेदारीतर्फ अघि बढाउने प्रयास भइरहेको छ।

सन् २०१६ देखि लागू भएको व्यापक आर्थिक तथा व्यापार सम्झौता (सीइटीए) ले इयु–क्यानाडाबीच वस्तु तथा सेवाको व्यापार ८० प्रतिशतभन्दा बढी बढाउन योगदान गरेको बताइएको छ। यसै वर्ष क्यानाडा इयुको रक्षा खरिद कार्यक्रममा सहभागी हुने पहिलो गैर–इयु देशसमेत बनेको छ।

क्यानाडाले महत्त्वपूर्ण खनिजसम्बन्धी परियोजनामा युरोपेली लगानी बैंकको लगानी आकर्षित गर्न चाहेको छ। विद्युतीय सवारीसाधनका ब्याट्रीलगायतका सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा चीनमाथिको निर्भरता घटाउन यस्तो सहकार्य उपयोगी हुने अपेक्षा गरिएको छ।

जर्मनीमा क्यानाडाबाट तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति तथा कृत्रिम बौद्धिकता कम्पनी कोहरको लगानीलाई पनि दुई पक्षबीच बढ्दो आर्थिक सहकार्यका उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

तर, सीइटीएको कार्यान्वयनमा अझै केही चुनौती कायम छन्। फ्रान्स, इटाली र पोल्यान्डसहित इयुका १० सदस्य राष्ट्रले सम्झौतालाई पूर्ण रूपमा अनुमोदन गरिसकेका छैनन्। इयुको रिन्यु समूहले सम्झौताको पूर्ण अनुमोदनका लागि पहल गर्न आग्रह गरेको छ।

यसैबीच, इयु र क्यानाडाबीच विद्यार्थी आदानप्रदान, श्रम गतिशीलता तथा युक्रेनका लागि इयुले प्रस्ताव गरेको ९० अर्ब युरोको ऋण योजनामा क्यानाडाको योगदानलगायत विषयमा पनि छलफल भइरहेको छ।

दुवै पक्षले व्यापारिक सम्बन्धलाई रणनीतिक साझेदारीमा रूपान्तरण गर्दै ऊर्जा सुरक्षा, प्रविधि, महत्वपूर्ण खनिज तथा रक्षा क्षेत्रमा सहकार्य थप विस्तार गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १ : १९ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु