सर्लाहीका नौ पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न « Khabarhub

सर्लाहीका नौ पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेकपा माओवादी केन्द्रको देशभर एकै साथ सुरु भएको अधिवेशनअन्तर्गत सर्लाहीमा नौ पालिका कमिटी गठन भएको छ ।

शनिवार जिल्लामा २० वटा पालिका मध्य १५ वटा पालिकामा अधिवेशन सुरु भएको थियो । त्यस मध्य नौ पालिकामा स्वसहमतिमा कमिटी गठन भएको माओवादी केन्द्र सर्लाहीले जनाएको हो । पाँच वटामा अधिवेशन हुन सकेन भने, ६ वटामा सर्वसहमति हुन नसकेपछि उद्घाटन सत्र सुरु गरेर अधिवेशन स्थगित गरिएको छ । शनिबार गठन हुन नसकेका पालिकामा छिटै स्वसहमतिमा कमिटी गठन गरिने माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुढाथोकीले जानकारी दिए ।

जिल्ला संयोजक बुढाथोकीका अनुसार प्रत्येक नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्य पालिका कमिटी गठन गरिएको छ । बागमती नगरपालिकामा चित्र कुमार तुम्सिङ, हरिवन नगरपालिकामा अर्जुन पन्त, लालबन्दी नगरपालिकामा लेखराम जर्गा (अर्जुन), हरिपुर नगरपालिकामा सुनिल बुढाथोकी, कविलासी नगरपालिका विनय यादव, बलरा नगरपालिकामा राम बाबु दाश, विष्णु गाउँपालिकामा सुरेन्द्र राय, चक्रघट्ट गाउँ पालिकामा विक्रम राय यादव र बसबरिया गाउँपालिकामा राम विश्वास रायको अध्यक्षतामा कमिटी गठन भएको हो ।

यस्तै जिल्लामा चन्द्रनगर, ईश्वरपुर, बरहथवा, हरिपुर्वा लगायत पालिकामा उद्घाटन सत्र सुरु भएर अधिवेशन स्थगित भएको छ । भने, पर्सा गाउँपालिका, धन्कौल गाउँपालिका, रामनगर गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र मलंगवा नगरपालिकामा अधिवेशन नै हुन सकेको छैन । अधिवेशन सुरु हुन नसकेका पालिकाहरूमा समेत छलफल गर्ने र कमिटी गठनको प्रक्रिया अगाडि बढाइएको केन्द्रले जनाएको हो । केन्द्र पालिकाहरूमा भने यस पहिला नै वडा कमिटीहरू गठन गरिसकेको जनाएको छ ।

केन्द्रको हरिवन नगर कमिटीको उपाध्यक्षमा पद्मा मोक्तान, जमुना पौडेल, जयमान पाख्रिन सचिवमा गौरी महतो, सह–सचिव विवेक मैनाली र कोषाध्यक्षमा जगदेव महतो चयन भएका छन् । अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : २४ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल