कैदी भागेपछि जेलर र सुरक्षा प्रमुखलाई कारवाही « Khabarhub

कैदी भागेपछि जेलर र सुरक्षा प्रमुखलाई कारवाही


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष पछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् ।

कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको दाङ प्रहरीले जनाएको छ । जेलर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई जिम्मेवारी दिइएको छ भने सुरक्षा प्रमुखमा प्रहरी नायव निरीक्षक नन्दराम केसीको कमाण्डमा सात जना खटाइएको छ ।

छालाको उपचार गर्न भनि कारागारका नाइके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले गत बुधबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । तर, उनीहरु अस्पताल नगई होटलमा पुगेको र त्यहीँबाट भागेका प्रहरीको भनाइ छ ।

घटनामा संलग्न भएका प्रहरी जवानसहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, दुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ । भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ बेलदमारको जंगलमा बिहीबार फेला परेको थियो । तर कैदी परियार भने अझै फेला परेका छैनन् । डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्ड र सिआईविको टोलीले खोजी तथा अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ७ : २७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने