चिसोमा चौरमा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी « Khabarhub

चिसोमा चौरमा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन् । सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएको छ । घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माद्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।

कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएकाले घाम लाग्ने खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकाको सूर्योदय माद्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले जानकारी दिए ।

फडेराले हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको बताएका छन् ।

हिमाली जिल्ला हुम्लाका विद्यार्थीले यस वर्ष कोरोनाले पुरै समय अध्ययन गर्न नपाएको नागरिक समाज अगुवा राजबहादुर रोकायाले बताए । त्यसमाथि चिसोले परीक्षा दिन सकस भइरहेको र चौरमा आएर परीक्षा दिनुपर्ने बाध्यता रहेको उनले बताए ।

सिमकोट गाउँपालिका मानसरोवर नमुना माद्यामिक विद्यालयकी छात्रा अनिता रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताइन् । विद्यार्थीहरूले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको मानसरोवर विद्यालय स्रोतले जानकारी दिएको छ ।

अर्धवार्षिक परीक्षामा सहभागी शिक्षक रेसमराज रोकायाले चिसोले प्रभावित भएपछि विद्यालय व्यवस्थापन समिति घाम लागेको चौरमा परीक्षा सञ्चालन गर्न राजी भएकाले आफूहरूले घाममा परीक्षा सञ्चालन गरिरहेको बताएका छन् । दुई वर्ष पहिले यो समयमा हुम्लामा अर्ध वार्षिक परीक्षा हुने भए पनि यो पटक कोरोनाले ढिलो भएको बताइएको छ । न्यूजकारखाना

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ६ : ४० बजे

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल