लालकिल्लामा झण्डा गाड्ने यी पञ्जाबी सुपरस्टार « Khabarhub

लालकिल्लामा झण्डा गाड्ने यी पञ्जाबी सुपरस्टार


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारतको नयाँदिल्लीमा किसानको ट्रयाक्टर र्‍यालीको समयमा एक युवाले लालकिल्लामा चढेर केसरिया झण्डा गाडेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ती व्यक्ति को हुन् भन्ने कौतुहलता आम मानिसमा छ । सायद कमैलाई मात्र थाहा होला, यी युवा पञ्जाबी फिल्मका सुपरस्टार दीप सिद्धु हुन् । दीप लामो समयदेखि किसानको समर्थनमा छन् । तर लालकिल्लामा गाडेको झण्डाले उनलाई पुनः चर्चामा ल्याएको छ ।

दीप पञ्जाबी अभिनेता हुन् । उनी सन् २०१९ को लोकसभा चुनावमा बीजेपी सांसद र अभिनेता सनी देओलसँग थिए । यही चुनावबाट उनी राजनीतिमा आएका थिए । बीजेपी सांसद तथा अभिनेता सनीले गुरुदासपुरबाट चुनाव लड्दा दीपलाई ठूलो जिम्मेवारी दिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीसँग सनी र दीपले खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि दीप विवादमा तानिएपछि सनीले उनलाई छोडेका थिए ।

‘आज लालकिल्लामा जे भयो, त्यो हेर्दा म निकै दुःखी भएको छ । मैले पहिले पनि डिसेम्बर ६ मा ट्वीटरका माध्यमबाट यो कुरा भनिसकेको छु कि मेरो वा मेरो परिवारको दीप सिद्धुसँग कुनै सम्बन्ध छैन । जय हिन्द’, सनीले ट्वीट गरेका छन् ।

No description available.

दीपको जन्म सन् १९८४ मा पञ्जाबको मुक्तसर जिल्लामा भएको थियो । उनले कानूनको शिक्षा लिएका छन् । त्यसपछि उनले ‘किङफिसर मोडल हण्ट’को अवार्ड जिते । उनले सन् २०१५ मा पञ्जाबी फिल्म ‘रमता जोगी’बाट अभिनयमा डेब्यू गरे । यो फिल्म औषत चल्यो । तर उनले सन् २०१८ मा रिलिज भएको फिल्म ‘जोरा दस नुम्बरिया’बाट लोकप्रियता पाए । यो फिल्ममा उनले ग्याङस्टारको भूमिका निभाउका थिए ।

लकडाउन अघि दीपको फिल्म ‘जोरा दास नुम्बरिया २’ रिलिज भएको थियो । लकडाउनको समयमा उनले पञ्जाबको इतिहासबारे अध्ययन गरे । यो समयमा उनले आफ्नो फेसबुकमा सिद्धू इतिहास, अर्थशास्त्र र शिक्षालगायतका विषयमा कैयौं भिडियो पोस्ट गरे । जब पञ्जाबमा ‘किसान बिल’लाई लिएर प्रदर्शन शुरु भयो, त्यसमा उनी हिस्सा बने ।

डिसेम्बर २५ को बन्दको समयमा दीप पुनः चर्चामा आए, जब उनी अन्य कलाकारसँग शुम्भ सीमानामा धर्ना बसे । यो धर्नामा धेरै मानिसहरु समर्थनका लागि पुगेका थिए । यसपछि आफ्नो टीमसँग मिलेर दीपले एक प्लेटफर्म सार्वजनिक गरे र ठूला नेतालाई एकसाथ आएर पञ्जाबका लागि लडाईं लड्न निम्तो दिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : ४० बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा