७८६ नेपालीका राहदानी कतारस्थित दूतावासमा « Khabarhub

७८६ नेपालीका राहदानी कतारस्थित दूतावासमा


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारस्थित नेपाली दूतावासमा ७८६ जना नेपालीका राहदानी थन्किएको जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै सन् २०११ देखि २०१७ सम्म विभिन्न मितिमा दूतावासमा राहदानीका लागि आवेदन दिएका निम्न आवेदकहरुको मेशिन रिडेबल राहदानी तयार भई यस राजदूतावासमा आइसकेको जनाएको छ ।

तर हालसम्म पनि सम्बन्धित व्यक्तिले उक्त राहदानीहरु बुझ्न नआकाले यो सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र पूरानो राहदानी, रसिद वा आफ्नो परिचय खुल्ने कागजातसहित यस दूतावासमा सम्पर्क गर्न अनुरोध छ।

तोकिएको समयभित्र दाबी नभएका राहदानीहरु राहदानी विभाग, काठमाडौँ पठाइनेसमेत सम्बन्धित सबैमा दूतावासले अनुरोध छ। यस सम्बन्धमा कुनै जिज्ञासा भएमा दूतावासको राहदानी शाखाको इमेलमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।

यता, मलेसियास्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै एक हजार ९७४ जना नेपालीको राहदानी नेपाली दूतावासमै थन्किएको जनाएको छ ।

सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलगेका १ हजार ९७४ राहदानीहरु सम्बन्धित राहदानी बाहकले यो सूचना प्रकाशन भएको मितिले ३ महिना भित्र लिईसक्नु पर्ने दूतावासले जनाएको छ ।

साथै, नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफुसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी दूतावासमा छ कि यकिन गरेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट बनाउन आवेदन दिनसमेत दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : १९ बजे

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल

समानुपातिक सांसदहरूलाई प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित

प्रहरीका हत्या आरोपी ३ जनालाई इरानमा फाँसी दिइयो

तेहरान- इरानमा गत जनवरीमा भएको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको हत्या

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

सिरहा– लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह