७८६ नेपालीका राहदानी कतारस्थित दूतावासमा | Khabarhub Khabarhub

७८६ नेपालीका राहदानी कतारस्थित दूतावासमा


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारस्थित नेपाली दूतावासमा ७८६ जना नेपालीका राहदानी थन्किएको जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै सन् २०११ देखि २०१७ सम्म विभिन्न मितिमा दूतावासमा राहदानीका लागि आवेदन दिएका निम्न आवेदकहरुको मेशिन रिडेबल राहदानी तयार भई यस राजदूतावासमा आइसकेको जनाएको छ ।

तर हालसम्म पनि सम्बन्धित व्यक्तिले उक्त राहदानीहरु बुझ्न नआकाले यो सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र पूरानो राहदानी, रसिद वा आफ्नो परिचय खुल्ने कागजातसहित यस दूतावासमा सम्पर्क गर्न अनुरोध छ।

तोकिएको समयभित्र दाबी नभएका राहदानीहरु राहदानी विभाग, काठमाडौँ पठाइनेसमेत सम्बन्धित सबैमा दूतावासले अनुरोध छ। यस सम्बन्धमा कुनै जिज्ञासा भएमा दूतावासको राहदानी शाखाको इमेलमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।

यता, मलेसियास्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै एक हजार ९७४ जना नेपालीको राहदानी नेपाली दूतावासमै थन्किएको जनाएको छ ।

सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलगेका १ हजार ९७४ राहदानीहरु सम्बन्धित राहदानी बाहकले यो सूचना प्रकाशन भएको मितिले ३ महिना भित्र लिईसक्नु पर्ने दूतावासले जनाएको छ ।

साथै, नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफुसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी दूतावासमा छ कि यकिन गरेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट बनाउन आवेदन दिनसमेत दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : १९ बजे

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र