काठमाडौँ केन्द्रित आन्दोलनमा दाहाल-नेपाल समूह, माघ २८ को प्रदर्शन अहिलेसम्मकै ठूलो बनाउने « Khabarhub

काठमाडौँ केन्द्रित आन्दोलनमा दाहाल-नेपाल समूह, माघ २८ को प्रदर्शन अहिलेसम्मकै ठूलो बनाउने


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूह संघीय राजधानी काठमाडौँ लक्षित आन्दोलनमा केन्द्रित भएको छ ।

मुलुकभर हुने आन्दोलनभन्दा राजधानीमा हुने प्रदर्शनले शासकको ध्यान तान्ने भएकाले त्यसैतर्फ केन्द्रित भएको दाहाल-नेपाल समूहका नेता हिमाल शर्माले बताए ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय पनि गरेको शर्माले बताए ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेत सहभागी बैठकले २८ गतेको प्रदर्शनलाई अहिलेसम्मकै ठूलो बनाउन जिल्ला जिल्लाबाट कार्यकर्ता उतार्न मातहतका कमिटीलाई सर्कुलर गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गराएसँगै सत्तापक्षीय नेकपा (ओली समूह) र राप्रपाबाहेक दलहरू आन्दोलनमा छन् । तर संयुक्त सडक संघर्ष नहुँदा आन्दोलनको प्रभावकारिता र जनसभागिता बृहत नभएको ठानिएको छ ।

यसअघिका प्रदर्शनमा ५० हजार हाराहारीको उपस्थितिले मात्रै नपुगेपछि बृहत शक्ति प्रदर्शन गर्न लागिएको शर्मा बताउँछन् ।

‘यसपटकको प्रदर्शन जनताको उपस्थिति र कार्यक्रममा हुने गतिविधिले पनि धक्का दिने गरीकै हुन्छ, कम्तीमा १ लाख मानिस उतार्छौँ,’ शर्माले भने,’ यसअघिको जस्तो शान्त हुन्न केही गतिशिल हुन्छ ।’

सरकारविरूद्ध तेस्रो चरणको आन्दोलन जारी राखेको यो समूले पुस १४ र माघ ९ मा पनि काठमाडौँमा बृहत प्रदर्शन गरिसकेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १२ : १५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र