प्रधानमन्त्री कप क्रिकेट : आर्मीले बागमतीलाई दियो २३० रनको विजयी लक्ष्य | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आर्मीले बागमतीलाई दियो २३० रनको विजयी लक्ष्य


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजेश पुलामी मगरको अर्धशतकीय इनिङ्समा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले पूरा खेल खेल्दै १० विकेट गुमाएर २२९ रन बनाएको हो ।

विभागीय टोलीविरुद्ध शुरुवाती बलिङमा आक्रामक देखिएका गौतम केसीले आर्मीको ब्याटिङ कमजोर पारे । उनले शीर्ष ब्याट्सम्यान हरि चौहान, अनिल मण्डल र रोहित कुमार पौडेललाई पवेलियन फर्काएका थिए । गौतमले उत्कृष्ट बलिङ गर्दा आर्मी १७ रनमा ३ विकेट गुमाइसकेको थियो ।

तर, चौथो विकेटका लागि भने आर्मीका भिम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे । उनीहरुको साझेदारी बागमतीका नन्दन यादवले तोडे ।

जसमा लोकेशले २३ रन बनाए । ४० रन बनाएर खेलिरहेका भिमलाई तिलक भण्डारीले पवेलियन फर्काए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

लोकेश आउट भएपछि मैदान छिरेका राजेश पुलामी मगरले आर्मीको ब्याटिङ इनिङ्स सम्हाले । उनले आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका विक्रम शोवसँग राम्रो साझेदारी गरे ।

उनीहरुबीच ९२ रनको साझेदारी भएको थियो । जसमा ३५ रनमा खेलिरहेका बिक्रमलाई रामनरेश गिरीले विकेटकिपर आकास थापामार्फत् क्याच गराए ।

अविजित रहेका राजेशले ९१ बलको सामना गर्दै ४ छक्का र २ चौकाको मद्दतमा ६५ रन बनाए । यस्तै, सुशान भारीले १६ रन, कप्तान विनोद भण्डारीले १० रन बनाए । बागमतीका खेलाडीले आर्मीका लागि ३५ उपहार रन दियो । जसले आर्मीलाई सहज अवस्थामा पुर्‍याउन मद्दत गर्‍यो ।

टस जितेर पहिल फिल्डिङ रोजेको बागमतीका लागि बलरहरू सुरुआतमा सफल भए पनि पछि केही नर्भस भए । जसमा उनीहरुले ३५ रन एक्स्ट्रा खर्च गरे ।

बागमतीका लागि गौतम केसीले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ६१ रन खर्चेर ५ विकेट लिए ।

आर्मीविरुद्ध बागमतीका लागि रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान एक–एक विकेट लिए ।

लक्ष्य पूरा गर्न सके प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा बागतमी फाइनल पुग्ने पहिलो प्रादेशीक टोली बन्नेछ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १२ : ५५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम