प्रधानमन्त्री कप क्रिकेट : आर्मीले बागमतीलाई दियो २३० रनको विजयी लक्ष्य « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आर्मीले बागमतीलाई दियो २३० रनको विजयी लक्ष्य


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजेश पुलामी मगरको अर्धशतकीय इनिङ्समा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले पूरा खेल खेल्दै १० विकेट गुमाएर २२९ रन बनाएको हो ।

विभागीय टोलीविरुद्ध शुरुवाती बलिङमा आक्रामक देखिएका गौतम केसीले आर्मीको ब्याटिङ कमजोर पारे । उनले शीर्ष ब्याट्सम्यान हरि चौहान, अनिल मण्डल र रोहित कुमार पौडेललाई पवेलियन फर्काएका थिए । गौतमले उत्कृष्ट बलिङ गर्दा आर्मी १७ रनमा ३ विकेट गुमाइसकेको थियो ।

तर, चौथो विकेटका लागि भने आर्मीका भिम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे । उनीहरुको साझेदारी बागमतीका नन्दन यादवले तोडे ।

जसमा लोकेशले २३ रन बनाए । ४० रन बनाएर खेलिरहेका भिमलाई तिलक भण्डारीले पवेलियन फर्काए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

लोकेश आउट भएपछि मैदान छिरेका राजेश पुलामी मगरले आर्मीको ब्याटिङ इनिङ्स सम्हाले । उनले आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका विक्रम शोवसँग राम्रो साझेदारी गरे ।

उनीहरुबीच ९२ रनको साझेदारी भएको थियो । जसमा ३५ रनमा खेलिरहेका बिक्रमलाई रामनरेश गिरीले विकेटकिपर आकास थापामार्फत् क्याच गराए ।

अविजित रहेका राजेशले ९१ बलको सामना गर्दै ४ छक्का र २ चौकाको मद्दतमा ६५ रन बनाए । यस्तै, सुशान भारीले १६ रन, कप्तान विनोद भण्डारीले १० रन बनाए । बागमतीका खेलाडीले आर्मीका लागि ३५ उपहार रन दियो । जसले आर्मीलाई सहज अवस्थामा पुर्‍याउन मद्दत गर्‍यो ।

टस जितेर पहिल फिल्डिङ रोजेको बागमतीका लागि बलरहरू सुरुआतमा सफल भए पनि पछि केही नर्भस भए । जसमा उनीहरुले ३५ रन एक्स्ट्रा खर्च गरे ।

बागमतीका लागि गौतम केसीले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ६१ रन खर्चेर ५ विकेट लिए ।

आर्मीविरुद्ध बागमतीका लागि रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान एक–एक विकेट लिए ।

लक्ष्य पूरा गर्न सके प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा बागतमी फाइनल पुग्ने पहिलो प्रादेशीक टोली बन्नेछ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १२ : ५५ बजे

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : आगामी आवको नीति तथा कार्यक्रममा छलफल

कर्णाली– कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?

काठमाडौँ– निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य

पृथ्वी राजमार्गः पश्चिम खण्डमा कालोपत्र सकियो

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा

विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली 

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि

नबिल निःशुल्क जलन शिविरमा वीरगञ्जका १५० जनाले गराए उपचार

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’