लक्षित वर्गको घरघरमा स्वास्थ्य जाँच « Khabarhub

लक्षित वर्गको घरघरमा स्वास्थ्य जाँच


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलु– अशक्त, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालगायतलाई हरेक क्षेत्रमा पहिलो प्रथामिकतामा स्वास्थ्य, शिक्षा, आवास, रोजगार र सामाजिक सुरक्षाको व्यवस्था नेपालको संविधान २०७२ ले नै गरेको छ । संविधानअनुसार कतिपय स्थानीय सरकारले कार्यक्रम सञ्चालन गरेका छन् त कतिपयले कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताउँछन् ।

सबैभन्दा संवेदनशील क्षेत्र मानिने स्वास्थ्यलाई अझ बढी प्राथमिकताका साथ अगाडि बढाइएको छ । यसका लागि सरकारले विभिन्न प्रकारका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । सरकारले उपलब्ध गराउने औषधि उपचारबाहेक पनि स्थानीय सरकारले आफ्ना छुट्टै कार्यक्रम सञ्चालन गरेका छन् । यस कार्यक्रमबाट लक्षित वर्गले सहजताको महसुससमेत गरेका छन् ।

लक्षित वर्गका लागि छुट्टै कार्यक्रम सञ्चालन गर्ने स्थानीय सरकारको नीतिअनुसार सोलुखुम्बुको एक नगरपालिकासहित दुई गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेका छन् । ती स्थानीय सरकारले वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका नागरिकको घरघरमा गएर स्वास्थ्य परीक्षणदेखि थप औषधिसमेत प्रदान गर्दै सरकारको अनुभूति दिलाइरहेको छ ।

सोताङ गाउँपालिकाले ३०० बढी लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । महाकुलुङ गाउँपालिकासँगै जोडिएको विकट गाउँपालिका सोताङले ३०० बढी ७० वर्षमाथिका ज्येष्ठ नागरिक, (क) वर्गका अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अतिविपन्न नागरिकलाई उच्च रक्तचाप, मधुमेह तथा दमलगायतको औषधि निःशुल्क प्रदान गरिरहेको जनाएको छ । सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा विसं २०६८ मा स्थापना भएको सामुदायिक औषधि पसलमार्फत ७० वर्षमाथिका वृद्धवृद्धालाई सम्पूर्ण औषधि निःशुल्क उपलब्ध गराउने गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले जानकारी दिए ।

सरकारले उपलब्ध गराउनेबाहेकका अन्य औषधिका लागि भने गाउँपालिकाले हरेक वर्ष रु पाँच लाख बजेट व्यवस्था गरेर सेवा प्रवाह गरिएको स्वस्थ्य सांयोजक उनको भनाइ छ । गत वर्ष टोलटोलमा पुगेर स्वास्थ्य परीक्षणसँगै समस्या पत्ता लगाएको गाउँपालिकाले यस वर्ष भने कोरोनाका कारण गाउँगाउँमा कार्यक्रम सञ्चालन गर्न नसकेको भए पनि सामुदायिक औषधि पसलमार्फत निःशुल्क उपलब्ध गराउने काम भइरहेको संयोजक राईले बताए ।

नगरपालिकाले ९०० बढीलाई सेवा दिन्छ

सोलुदूधकुण्ड नगरपालिकाले भने घरघरमा पुगेर ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित औषधि वितरण गर्ने गरेको छ । नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरका अनुसार करिब ९०० ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य जाँच तथा औषधि वितरण हुन्छ । जसका लागि नगरपालिकाले चालु वर्षमा पनि रु सात लाख बजेट व्यवस्था गरेर कार्यक्रम जारी राखेको छ । विसं २०७४ माघदेखि शुरु भएको यो कार्यक्रम प्रभावकारी भएको ज्येष्ठ नागरिकको भनाइ छ । स्वास्थ्य जाँच गर्न स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्नेहरुका लागि यो निकै प्रभावकारी भएको ज्येष्ठ नागरिक आङदावा शेर्पाको भनाइ छ ।

लिखुपिके गाउँपालिकामा भने प्रत्येक चौमासिकमा भत्ता वितरण गर्दा घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने गरेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य परीक्षणसँगै नेपाल सरकारले उपलब्ध गराउने ३५ प्रकारको औषधि उपलब्ध गराउने गरेको वडा नं २ का वडाध्यक्ष रमेशकुमार बस्नेतले जानकारी दिए ।

जिल्लाको खुम्बुपासाङ ल्हामु, नेचा सल्यान, माप्यदूधकोशी र थुलुङदूधकोशी गाउँपालिकामा भने लक्षित वर्गका लागि छुट्टै स्वास्थ्य कार्यक्रम नभएको सम्बन्धित गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । आगामी वर्षदेखि उक्त कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताइएको छ ।

बजेट अभावमा कार्यक्रम नै स्थगित

बजेट अभावका कारण महाकुलुङ गाउँपालिकामा सञ्चालित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम स्थगन भएको छ । गत वर्षबाट शुरु भएको उक्त कार्यक्रम चालु आर्थिक वर्षमा स्थगन भएको स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकाले रु छ लाख ५० हजार बजेट विनियोजन गरी शुरु गरेको कार्यक्रम कोरोनाका कारण बजेट कम हुँदा प्रभावित भएको उहाँको भनाइ छ । गाउँपालिकाले हरेक वडामा छ–छ समूह बनाएर सेवा प्रवाह गर्दै आएको भए पनि कार्यक्रम प्रभावित हुँदा ७० वर्षमाथिका करिब ३०० बढी नागरिक समस्यामा परेका छन् । स्वास्थय संयोजक उहाँका अनुसार उनीहरुलाई समूहमा बोलाएर स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै उपचार तथा परामर्शको साथमा महिनामा एकपटक अण्डासमेत खुवाउने व्यवस्था थियो । यस वर्ष उक्त कार्यक्रमलाई कार्यान्वयनमा ल्यान नसक्दा सबै कार्यक्रमबाट उनीहरु समस्यामा परेको संयोजक उनको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ६ : १० बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ