ओलीको ‘निरंकुशता’ छिट्टै अन्त्य गर्छौं : प्रचण्ड (भिडियोसहित) « Khabarhub

ओलीको ‘निरंकुशता’ छिट्टै अन्त्य गर्छौं : प्रचण्ड (भिडियोसहित)


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘निरंकुश’ बन्दा देशमा संकट आइपरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेकपा ‘दाहाल-नेपाल’ समूहले बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली निरंकुशताको छिट्टै अन्त्य गर्ने बताए ।

उनले प्रधानमन्त्रीको स्वेच्छाचारिता केही महिनाभित्र अन्त्य हुने दाबी गर्दै लोकतन्त्रको ‘हत्या’ गरेर ओली श्री ३ बन्न खोजेको समेत आरोप लगाए ।

उनले ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताए ।

हेरौँ भिडियो

‘पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा-आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको हुँ,’उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलायो ।’

अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गरे ।

‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं,’ उनले भने, ‘विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं । अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।’

अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्‍याउने बताए ।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरुबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा विरोध सभा आयोजना गरिएको थियो ।

सभामा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, चक्रपाणी खनाल, नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले प्रतिनिधि सभा पुन:स्थापनाको विकल्प नरहेको र नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ४ : २२ बजे

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल

समानुपातिक सांसदहरूलाई प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित

प्रहरीका हत्या आरोपी ३ जनालाई इरानमा फाँसी दिइयो

तेहरान- इरानमा गत जनवरीमा भएको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको हत्या

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

सिरहा– लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह