अमेरिका तथा यूरोपका विभिन्न मुलुक पठाउने भन्दै ९० लाख ७१ हजार ठगी  « Khabarhub

अमेरिका तथा यूरोपका विभिन्न मुलुक पठाउने भन्दै ९० लाख ७१ हजार ठगी 


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– अमेरिका लगायत यूरोपका विभन्न मुलुकमा पठाइदिने प्रलोभन देखाएर ३३ जनासँग ९० लाख ७१ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कहिले युरोपको कुनै देश, कहिले क्यानडा त कहिले अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–३० शिसुवाका धिरजकुमार बिश्वकर्मालाई पक्राउ गरेको हो ।

युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा आफूले धेरै मानिसहरु रोजगारको लागि पठाइसकेको भन्दै विश्वासमा दिलाएर उनले ९० लाख ७१ हजार रुपैयाँ असुलेको ३३ जनाले जाहेरी दिएका हुन् ।

उनलाई ठगी सम्बन्धि कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ८ : २९ बजे

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,