महिला लिगमा सावित्राको तेस्रो ह्याट्रिक, पुलिसविरुद्ध एपीएफ विजयी « Khabarhub

महिला लिगमा सावित्राको तेस्रो ह्याट्रिक, पुलिसविरुद्ध एपीएफ विजयी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चौथो जित हात पारेको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

एपीएफका लागि स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरिन ।जारी लिगमा उनको यो तेस्रो ह्याट्रिक हो।

पुलिसविरुद्ध उनले खेलको ३२, ६५ र ८५ औँ मिनेटमा गोल गरेकी थिइन । एपीएफविरुद्व पुलिसले गोल गर्ने अवसर शृजना गरेपनि गोल गर्न भने सकेन।

जितसँगै एपीएफ १२ अंकसहित शीर्ष स्थानमा कायमै छ भने पराजित पुलिसले ४ खेलबाट ५ अंक बनाएको छ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ३८ बजे

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न