परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अमेरिकी समकक्षीलाई बधाई « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अमेरिकी समकक्षीलाई बधाई


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन् ।

नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गरेका छन ।

नेपालको सामाजिक–आर्थिक विकासका निम्ति अमेरिकाले गरेको सहयोगको सराहना गर्दै उनले सन्देशमा बहुपक्षीयतासहितको नयाँ अमेरिकी नीतिमा दिइएको उच्च महत्वले पारस्परिक सहयोगको मार्गलाई थप विस्तार गर्ने बताएका छन।

कोभिड–१९ को महामारीका सन्दर्भमा विश्व स्वास्थ्य, जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत साझा हितका विषयमा अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपाल सरकारको प्रतिबद्धता मन्त्री ज्ञवालीले सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले विकास साझेदारी, आर्थिक सहकार्य र दुई देशका जनताबीचको सम्बन्ध अभिवृद्धिका निम्ति पनि सन्देशमा जोड दिएका छन ।

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : १७ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको