जापानले यसरी गरेको थियो भूकम्पले भत्किएको बीपी राजमार्ग पुनःनिर्माण (फोटोफिचर) | Khabarhub Khabarhub

जापानले यसरी गरेको थियो भूकम्पले भत्किएको बीपी राजमार्ग पुनःनिर्माण (फोटोफिचर)


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले बीपी राजमार्गअन्तर्गत पाँच खण्डको पुनःनिर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको छ ।

जाइकाको आर्थिक सहयोगमा निर्माण भएको राजमार्गमा विभिन्न खण्डमा भूकम्पले क्षति पुर्‍याएकाले जाइकाले पुनःनिर्माण गरेको थियो । जाइकाले भर्चुअल कार्यक्रममार्फत आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त सडक हस्तान्तरण गरेको हो ।

भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको ऊर्जा, यातायात, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको उनले बताए ।

उनले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गरे । उनले भने, “नेपालको विकास र समृद्धिको चाहाना पूरा गर्न यहाँको दूतावासले पनि समन्वय गरिरहेको छ ।”

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ निरन्तर रहने बताए ।

राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लम्बाइको बिपी राजमार्ग जाइकाले सन् १९९६ मा निर्माण शुरु गरेको थियो । सन् २०१५ मार्चमा सम्पन्न गरी सडक नेपाललाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण गरेको दुई महिना नबित्दै विसं २०७२ मा गएको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।

बिपी राजमार्गको पुनःनिर्माण सन् २०१९ जुलाई ३ मा जापानिज निर्माण कम्पनीले शुरु गरेको थियो । करीब १८ महिनामा निर्माण सम्पन्न भएको थियो । पुनःनिर्माणमा गिटी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : ३० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’