यस्तो छ बर्रोको औषधीय महत्व « Khabarhub

यस्तो छ बर्रोको औषधीय महत्व


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हर्रो र बर्रो एक अर्काको सट्टामा प्रयोग हुने गर्छ तर हर्रोमा पाइने Chebulic acid  बर्रोमा हुँदैन ।

Tannin निकाल्न बर्रो उपयोगी हुन्छ । Tannin खाद्यपदार्थ कुहाउन, छाला नरम पार्न, वस्तुलाई धेरै समय टिकाउन, रंग जमाउन र चमक ल्याउने काममा उपयोग गरिन्छ ।

बर्रोको बिरुवामा बढी Tannin क्रमश फल, जरा, बोक्रा, काठको चुर्रो र पलासमा पाइन्छ । औषधीका लागि हरियै तर परिपक्क फलहरू सुकाई, उपयोग गरिन्छ । फलको गुदी दाँत बलियो बनाउन, गिजाबाट रगत आउने, बबासिर, दिशा पखाला, कोढ, मन्दज्वर आदिमा उपयोग हुने गर्छ ।

फलको धुलोबाट बनेको चुर्ण ग्याष्टिक, कब्जीयत, खोकी र दमको रोग कम गर्दछ । आँखामा संक्रामक रोग लागेमा १ रात फल भिजाएको पानीले धोएमा फायदा पुग्छ ।

बीउबाट ३८% तेल निस्कन्छ । जो साबुन बनाउन, कपालमा लगाउन, यदा कदा खानेतेलको रूपमा र बाथको रोगमा मालिस गर्न यसको प्रयोग हुने गर्छ ।

बीउमा भएको प्रोटिनलाई गम बनाउने र बिजपत्र निकालिएका खालि फललाई मसि बनाउन प्रयोग गरिन्छ । मुख्य रूपमा बर्रो छाला, कपडा, रंग, आयुर्वेदिक औषधि उद्योगहरूमा खपत हुन्छ । यो भारत बाहेक न्युजिल्याण्ड, हँगेरी, बेल्जियम, जापान, बेलायतमा निकासी हुने गरेको छ ।

साभार- ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : ५९ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको