यस्तो छ बर्रोको औषधीय महत्व « Khabarhub

यस्तो छ बर्रोको औषधीय महत्व


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हर्रो र बर्रो एक अर्काको सट्टामा प्रयोग हुने गर्छ तर हर्रोमा पाइने Chebulic acid  बर्रोमा हुँदैन ।

Tannin निकाल्न बर्रो उपयोगी हुन्छ । Tannin खाद्यपदार्थ कुहाउन, छाला नरम पार्न, वस्तुलाई धेरै समय टिकाउन, रंग जमाउन र चमक ल्याउने काममा उपयोग गरिन्छ ।

बर्रोको बिरुवामा बढी Tannin क्रमश फल, जरा, बोक्रा, काठको चुर्रो र पलासमा पाइन्छ । औषधीका लागि हरियै तर परिपक्क फलहरू सुकाई, उपयोग गरिन्छ । फलको गुदी दाँत बलियो बनाउन, गिजाबाट रगत आउने, बबासिर, दिशा पखाला, कोढ, मन्दज्वर आदिमा उपयोग हुने गर्छ ।

फलको धुलोबाट बनेको चुर्ण ग्याष्टिक, कब्जीयत, खोकी र दमको रोग कम गर्दछ । आँखामा संक्रामक रोग लागेमा १ रात फल भिजाएको पानीले धोएमा फायदा पुग्छ ।

बीउबाट ३८% तेल निस्कन्छ । जो साबुन बनाउन, कपालमा लगाउन, यदा कदा खानेतेलको रूपमा र बाथको रोगमा मालिस गर्न यसको प्रयोग हुने गर्छ ।

बीउमा भएको प्रोटिनलाई गम बनाउने र बिजपत्र निकालिएका खालि फललाई मसि बनाउन प्रयोग गरिन्छ । मुख्य रूपमा बर्रो छाला, कपडा, रंग, आयुर्वेदिक औषधि उद्योगहरूमा खपत हुन्छ । यो भारत बाहेक न्युजिल्याण्ड, हँगेरी, बेल्जियम, जापान, बेलायतमा निकासी हुने गरेको छ ।

साभार- ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : ५९ बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका