रूसी सेनामा कार्यरत भोजपुरका युवकले युद्धमा गुमाए ज्यान | Khabarhub Khabarhub

रूसी सेनामा कार्यरत भोजपुरका युवकले युद्धमा गुमाए ज्यान


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

रसियन सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सहभागी भोजपुरका एकजना युवकले ज्यान गुमाएका छन् ।

भोजपुरको पौवादुम्मा गाउँपालिका निवासी ३६ वर्षीय युवा प्रितम राई ‘निरन’ले युक्रेनविरुद्धको युद्धका क्रममा गत बिहीबार ज्यान गुमाएका हुन् ।

रसियन सेनाको तर्फबाट युक्रेनविरुद्ध युद्धका क्रममा प्रितमले गत बिहीबार ज्यान गुमाएको पुष्टि उनका दाजुसमेत रहेका पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईले गरेका छन् ।

‘सबै नातागोता, साथीभाइ, छरछिमेकी र शुभचिन्तकहरूले सोधिरहनु भएको छ भाइ कहाँ थियो ?,के भएको भनेर’, उनले भनेका छन्, ‘राम्रोसँग जवाफ दिन पनि सकिरहेको छैन । युद्धका क्रममा भाइको निधन जानकारी हामीकहाँ आइपुगगेको छ ।’

युक्रेन युद्धमा मारिएका प्रितम पौवादुम्मा गाउँपालिका अध्यक्ष एवम् एमाले भोजपुरका उपाध्यक्ष किरण राईका माइला भाइ थिए ।

 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : १५ बजे

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेसी आज

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको

बागमती र कोशीमा वर्षाको सम्भावना, तराईमा तातो लहर चल्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने

काठमाडौं – दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार तदनुसार