पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना, भोलिदेखि मौसम सुधार हुँने « Khabarhub

पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना, भोलिदेखि मौसम सुधार हुँने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको पूर्वानुमान गरेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबारदेखि भने मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन १६ गते (आइतबार)

दिउँसो :  प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति :  प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १७ गते (सोमबार)

दिउँसो :  प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशकाका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १८ गते (मंगलबार)

दिउँसो :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

 

राति :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : २५ बजे

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य

नेप्से परिसूचकमा २७.८५ अंकको वृद्धि

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झण्डै २८