सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू « Khabarhub

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू भएको छ ।

साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले गरेको आर्थिक सहयोगबाट सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू भएको हो ।

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माण गर्न भारत सरकारले जनाएको ५.८ अर्ब रुपैयाँको आर्थिक सहयोग अन्तर्गत २८ साँस्कृतिक सम्पदा पुनर्निर्माण हुनेछन् । यी मध्ये सेतो मच्छिन्द्रनाथको मन्दिर पहिलो हो ।

यी सबै २८ साँस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । सन् २०१७ अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

No description available.

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनर्स्थापना कार्य गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरुको पहिचान गरिरहेको छ ।

केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्स्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापना हुनेछ ।

यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिनेछ ।

No description available.

मन्दिरको साज सज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पुर्‍याइने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनस्थर्नपना कार्यमा भारतको प्राविधिक सहयोग रहने छ ।

आज एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापनाको आज संयुक्त रुपमा भूमि पूजन गरी शुभारम्भ गरेका छन् ।

कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरु पनि सहभागिता थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : ०५ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको