सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू « Khabarhub

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू भएको छ ।

साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले गरेको आर्थिक सहयोगबाट सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुरू भएको हो ।

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माण गर्न भारत सरकारले जनाएको ५.८ अर्ब रुपैयाँको आर्थिक सहयोग अन्तर्गत २८ साँस्कृतिक सम्पदा पुनर्निर्माण हुनेछन् । यी मध्ये सेतो मच्छिन्द्रनाथको मन्दिर पहिलो हो ।

यी सबै २८ साँस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । सन् २०१७ अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

No description available.

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनर्स्थापना कार्य गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरुको पहिचान गरिरहेको छ ।

केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्स्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापना हुनेछ ।

यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिनेछ ।

No description available.

मन्दिरको साज सज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पुर्‍याइने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनस्थर्नपना कार्यमा भारतको प्राविधिक सहयोग रहने छ ।

आज एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापनाको आज संयुक्त रुपमा भूमि पूजन गरी शुभारम्भ गरेका छन् ।

कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरु पनि सहभागिता थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : ०५ बजे

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस