झापामा जनगणनाका लागि पुरुषभन्दा महिलाको आवेदन बढी | Khabarhub Khabarhub

झापामा जनगणनाका लागि पुरुषभन्दा महिलाको आवेदन बढी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – राष्ट्रिय जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा झापामा सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् ।

जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला छन् ।

कार्यालयका प्रमुख चुडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार ८१ गरी सात हजार ९३७ जनाको निवेदन आएको जानकारी दिए । उनले मागिएका कर्मचारी भन्दा सात गुणा बढीले जिल्लामा आवेदन फारम भरेको बताए ।

जिल्लामा सुपरीवेक्षकका लागि २५९ र गणकका लागि एक हजार ८१ जना कर्मचारी करारमा चाहिएको प्रमुख लुइँटेलले बताए । योग्यता क्षमता भएका तर पारिवारिक कारणले बाहिर गएर जागिर खान समस्या भएका महिलाले निवेदन दिएका कारण महिलाको सङ्ख्या बढी भएको हुनसक्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शाहीले बताए ।

छनोटमा परेका सुपरीवेक्षकले पहिलो चरणको कार्यक्रमअन्तर्गत घर तथा परिवारको सूचीकरण आगामी वैशाख २६ देखि जेठ १४ गतेसम्म प्रत्यकेका घरघर पुगेर गर्ने र त्यसकै आधारमा गणकले परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण, बैँकिङ पहुँचको विवरण सङ्कलन गर्नेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ४५ बजे

दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

रसायनयुक्त आँप खाएर बिरामी त पर्नुभएको छैन ?

हरियो तरकारी तथा फलफूल खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ। त्यसमा

आर्थिक उन्नयनका निम्ति ऊर्जाको विकास अपरिहार्य : डा. महत

तनहुँ– अर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको

खानेपानी मन्त्री यादवबाट हज यात्रीहरूको बिदाई

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि