प्रदेश १ का तीन जिल्लामा चैत २० गते हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने | Khabarhub Khabarhub

प्रदेश १ का तीन जिल्लामा चैत २० गते हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का तीन जिल्लामा यही चैत २० गतेदेखि हात्तीपाइ रोगविरुद्धको औषधि खुवाइने भएको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।

उनले केही महिनाअघि धनकुटाको डाँडा बजार र लेकुवामा ३०० जनाको परीक्षण गर्दा दुई जनामा मात्र हात्तीपाइलेको जीवाणु देखिएको जानकारी दिँदै यसपटक यो औषधि खुवाइसकेपछि दुई वर्ष धनकुटामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउनु नपर्ने बताए ।

स्वास्थ्य कार्यालय मोरङका अनुसार यस जिल्लामा नौ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ । यस्तै झापामा छ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको कार्यालय प्रमुख ईश्वरी पौडेलले जानकारी दिए ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान–२०७७ को विषयमा आज प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी उपरीक्षक सन्तोकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहता, राजनीतिक दलकमा प्रतिनिधिसँगको छलफलमा हात्तीपाइलेविरुद्धको अभियानलाई सफल बनाउन सबैले आ–आफ्ना तहबाट सहयोग गर्नु पर्ने निर्णय भएको छ ।

देशका ६३ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेको अनुसन्धानले देखाएको छ । शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुन्निएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोगको लक्षण मानिन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ६ : ०९ बजे

पल्मेराइस क्लब विश्वकपको दोस्रो चरणमा

काठमाडौं – पल्मेराइस फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा

पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

भोजपुर– विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट

इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु

इजरायल – इजरायली आक्रमणमा परेर शनिबार ८१ जना गाजाबासीको मृत्यु

पर्वतको नेपानेमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

पर्वत– पर्वतको फलेवास नगरपालिका– ८ नेपानेमा गएराति जिप दुर्घटना हुँदा

खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै