कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स « Khabarhub

कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो ।

‘हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्‍याउनेछन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नं ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसङ्क्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।

कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई रु एक लाख, मझौला वडालाई रु ७५ हजार र साना वडालाई रु ५० लाख निकासा पठाउने निर्णय भएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि अहिलेको अवस्थापमा परिचालन गरी प्रभावकारीरूपमा काम अघि बढाउन, भाइरस नियन्त्रणका लागि जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बैठकमा सहभागीहरूको धारण थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : १० बजे

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को