कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स | Khabarhub Khabarhub

कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो ।

‘हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्‍याउनेछन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नं ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसङ्क्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।

कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई रु एक लाख, मझौला वडालाई रु ७५ हजार र साना वडालाई रु ५० लाख निकासा पठाउने निर्णय भएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि अहिलेको अवस्थापमा परिचालन गरी प्रभावकारीरूपमा काम अघि बढाउन, भाइरस नियन्त्रणका लागि जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बैठकमा सहभागीहरूको धारण थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : १० बजे

गाजामा युद्धविराम, हमाससँग युद्ध नरोक्ने नेतान्याहुको इच्छा

इजरायल – अमेरिकी मध्यस्थताका कारण हिजबुल्लाह र इजरायलबीच युद्धविराम भए

हल्दीबारीका गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा

बनियानी – हल्दीबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला

राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा

काठमाडौं – नागरिकलाई सहज रूपमा यातायात सेवा प्रदान गर्ने र

बेलायतमा आप्रावासीको सङ्ख्या गत वर्ष मात्रै ९ लाख थपिए

लन्डन – गत वर्ष युनाइटेड किंगडममा आप्रावासीको सङ्ख्या ९ लाख

चिसो मौसममा न्यानो कोठा : सावधानी नअपनाउँदा मृत्युको जोखिम

काठमाडौं – यतिखेर यो वर्षको चिसो मौसम चलिरहेको छ ।