चिनियाँ ठेकेदारविरुद्ध होटल व्यवसायी आन्दोलित « Khabarhub

चिनियाँ ठेकेदारविरुद्ध होटल व्यवसायी आन्दोलित


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– बुटवल–नारायणघाट सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनीले समयमै काम नगरी सडक धुलाम्मे पारेपछि दाउन्नेमा होटल व्यवसायी आन्दोलित भएका छन् ।

ठेकेदार कम्पनी ‘चाइना स्ट्रेट इन्जिनियरिङ कर्पोरेशन’ले बेलाबेलामा विभिन्न कारण देखाएर सडक विस्तारको काममा ढिलासुस्ती गरिरहेको छ ।

सडक विस्तारका क्रममा ठाउँ ठाउँमा कल्भर्ट बनाउँन भन्दै गरिएको डाइभर्सन तथा वर्षामा भत्किएको सडक वर्षामा हिलाम्मे र हिँउदमा धुलाम्मे हुने गरेको छ ।

सडक निर्माणको क्रममा सडकमा पानी हाल्नुपर्ने सहमति गरेको निर्माण कम्पनीले सडकमा पानीसमेत नहालेको भन्दै दाउन्नेका होटल व्यवसायीहरुले मंगलबार साँझ राजमार्गमा बाटो जाम गरेर विरोध गरेका छन् । मंगलबार बेलुका उनीहरुले झण्डै एक घण्टा राजमार्ग अवरुद्ध गरेका थिए ।

दुई वर्षअघि २०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणघाट खण्डको १ सय १४ किलोमिटर सडक विस्तारका लागि बुटवलबाट शिलान्यास गरेका थिए ।

निर्माण शुरु भएको दुई वर्ष पुगिसक्दा कामको प्रगति भने ४ प्रतिशत मात्रै भएको छ । आयोजना प्रमुख रमेशचन्द्र दिष्टीले कोरोना संक्रमण तथा रुख कटान र विजुली पोल हटाउने काममा ढिलाइ हुँदो काममा ढिलाइ भएको बताए ।

यसअघि पटक पटक कामदारले तलब नपाएको भन्दै कामदारहरु आन्दोलित भएका थिए । ठेकेदार कम्पनी र नेपाली मजदुरबीच पटक पटक विवाद हुँदै आएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी, प्रहरी प्रमुख एसपी प्रकाश मल्लसहितको रोहबरमा लिखित सहमति गरेपछि मजदुरहरु काममा फर्किएका थिए । त्यसपछि पनि तलब नपाएको भन्दै मजदुरहरु आन्दोलित भएका थिए ।

एक महिनाअघि तेल चोरीका विषयमा विवाद हुँदा चिनियाँ पक्षले नेपाली मजदुरहरुलाई वार्ता गर्न बोलाएर रजहरस्थित कन्स्ट्रक्सन कार्यालयमा कुटपिट गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ३२ बजे

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा